४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मेसीको क्लब छोड्ने निर्णयसँगै पीएसजीको आधिकारिक इन्स्टाग्रामबाट एकै दिन घटे लाखौँ फलोअर्स

२४ जेष्ठ २०८०, बुधबार ०७:२२

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले मेसीको क्लब छोड्ने निर्णयसँगै इन्स्टाग्राममा लाखौँ फलोअर्स गुमाएको छ ।

अर्जेन्टीनी स्टार फरवार्ड मेसी सन् २०२१ मा बार्सिलोनाबाट पीएसजीमा अनुबन्ध हुँदै दुई सिजन बिताएका थिए । जहाँ उनले दुई फ्रेन्च लिग वान को उपाधि जिते । तर, पीएसजीमा उनको अन्तिम खेल बिर्सनालायक बन्यो । पीएसजीका समर्थकले उनी विरुद्धका हुटिङहरू गरेका थिए ।

अब उनीले पीएसजी छोड्ने पक्का भएको छ । पूर्व क्लब बार्सिलोना अथवा साउदी अरब अबको उनको गन्तव्य हुन सक्छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार उनी पूर्व क्लब बार्सिलोना नै फर्किने योजनामा रहेका छन् । मेसीको बहिर्गमन पीएसजीका लागि भारी बनेको छ ।

शनिवार क्लिरमोन्टसँगको हारपछि पीएसजीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा छोड्ने घोषणा गरेको थियो । त्यसपछि, पीएसजीले आफ्नो सामाजिक सञ्जालहरूबाट १० लाख भन्दा बढी फलोअर्स गुमाएको थियो । पहिला पीएसजीको ६९.९ मिलियन फलोअर्स थिए भने अहिले ६८.१ मिलियन फलोअर्स छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा