२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वकै दुई धनी व्यक्त्ति एलन मस्क र बर्नार्ड आर्नल्टको भेट: ४७० अर्बको भोजन

२०८०, ४ असार सोमबार ०८:१६

एजेन्सी | विश्वका सबैभन्दा धनी दुई व्यक्त्ति एलन मस्क र बर्नार्ड आर्नल्टको भेट उनीहरूको भव्य र महँगो भोजनका कारण हाल चर्चाको विषय बनेको छ । शुक्रबार फ्रान्सको पेरिसस्थित सेभल ब्लांक मेसन होटलमा उनीहरूले लन्च गरेका थिए । इलन आफ्नी आमासँग र बर्नार्ड आफ्ना छोराहरूसँग लन्चमा उपस्थित थिए ।

बर्नार्डका छोरा एन्तोइनले इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरमा इलन र बर्नार्ड पृष्ठभूमिमा आइफेल टावर देखिनेगरी उभिएका छन् । उनीहरूले खाजा खाएको होटल युरोपकै सबैभन्दा महँगोमध्येमा पर्छ । सेन नदीछेउ रहेको उक्त्त होटलका कोठाहरूलाई प्रतिरात ८ हजार पाउन्ड (करिब १० लाख ४८ हजार रुपैयाँ) पर्ने टेलिग्राफले जनाएको छ । भेटका क्रममा दुईले ट्विटर र विज्ञापनबारे छलफल गरेको बताइएको छ । बर्नार्डको कम्पनी एलभीएमएच विश्वको सबैभन्दा ठूलो विज्ञापनदातामध्ये एक हो ।

मस्क र आर्नल्टको कुल सम्पत्ति जोड्दा ४७० अर्ब डलर हुन्छ । ब्लुमबर्गको अर्बपति सूचीका अनुसार टेस्ला मालिक मस्कको सम्पत्ति जुन १५ सम्ममा २३७ अर्ब अमेरिकी डलर थियो । उनी विश्वकै सबैभन्दा धनी व्यक्त्ति हुन् । टेस्लाको सेयर मूल्य उल्लेख्य रुपमा बढेकाले यो वर्ष मस्कको कुल सम्पत्ति ९२.४ अर्ब डलरले वृद्धि भएको छ । टेस्लाबाहेक मस्कले अन्तरीक्षयान र भूउपग्रहसम्बन्धी काम गर्ने कम्पनी स्पेस एक्सबाट पनि राम्रो सम्पत्ति जोड्न सकेका छन् ।

त्यस्तै, विश्वका दोस्रो धनी व्यक्त्ति आर्नल्टको कुल सम्पत्ति २३३ अर्ब डलर छ । यो साल मात्रै ३४.८ अर्ब डलरको सम्पत्ति उनले थप आर्जन गरेका थिए । लुइस भुतो, टिफानीजस्ता फेसन ब्रान्ड उत्पादन गर्ने एलभीएचएमका प्रमुख कार्यकारी अधिकृत र शीर्ष व्यक्त्तिगत लगानीकर्तामध्ये एक हुन् । बर्नार्डकै कम्पनीले आयोजना गर्न लागेको प्रविधि सम्मेलनमा भाग लिन इलन फ्रान्स पुगेका हुन् ।

उनले यो साता राष्ट्रपति इम्यानुअल म्याक्रोँसँग पनि भेट गरिसकेका छन् । फ्रान्समा टेस्लाको कारखाना स्थापना गर्ने विषयमा इलन र म्याक्रोँबीच छलफल भएको बताइन्छ । शुक्रबार नै म्याक्रोँले ‘मिलेर काम गरौं’ ‘ह्यासट्याग फ्रान्स रोजौं’ भन्दै इलनसँग खिचेको तस्बिर ट्विटरमा पोस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल