४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विवाद, ट्रोलिङका बीच दुई दिनमा ‘आदिपुरुष’ को कमाई २४० करोड भारु

४ असार २०८०, सोमबार ०९:१६

असार ४, काठमाडौँ | ओम राउत निर्देशित फिल्म 'आदिपुरुष' गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। नेपालमा भने सोमबारदेखि प्रदर्शन रोकिएको छ। 

'आदिपुरुष' प्रदर्शन भएसँगै विवाद भइरहेको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्ममा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने भ्रमपूर्ण संवाद राखिएको भन्दै विरोध गरेका थिए।

त्यस्तै, भारतमा पनि कमजोर भिएफएक्स र कमजोर संवादका कारण आलोचना भइरहेको छ। तर पनि फिल्मको कमाइमा खासै असर परेको छैन। 

फिल्मले विश्वभरबाट दुई दिनमा २४० करोड भारू कमाइ गरेको छ। १४० करोड भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १०० करोड कमाएको हो। 

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन हिन्दी संस्करणमा मात्रै ३७ करोड २५ लाख भारू कमाएको थियो।  

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार यो फिल्म ६ सय करोड भारूमा बनेको हो। पहिला 'आदिपुरुष' करिब ५ सय करोड भारूमा बनेको बताइएको थियो। पुनः भिएफएक्स भएसँगै फिल्मको बजेट बढेको हो। योसँगै 'आदिपुरुष' भारतकै महँगो फिल्म भएको छ।

यो फिल्म हिन्दी तेलुगु, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण