२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विवाद, ट्रोलिङका बीच दुई दिनमा ‘आदिपुरुष’ को कमाई २४० करोड भारु

२०८०, ४ असार सोमबार ०९:१६

असार ४, काठमाडौँ | ओम राउत निर्देशित फिल्म 'आदिपुरुष' गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। नेपालमा भने सोमबारदेखि प्रदर्शन रोकिएको छ। 

'आदिपुरुष' प्रदर्शन भएसँगै विवाद भइरहेको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्ममा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने भ्रमपूर्ण संवाद राखिएको भन्दै विरोध गरेका थिए।

त्यस्तै, भारतमा पनि कमजोर भिएफएक्स र कमजोर संवादका कारण आलोचना भइरहेको छ। तर पनि फिल्मको कमाइमा खासै असर परेको छैन। 

फिल्मले विश्वभरबाट दुई दिनमा २४० करोड भारू कमाइ गरेको छ। १४० करोड भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १०० करोड कमाएको हो। 

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन हिन्दी संस्करणमा मात्रै ३७ करोड २५ लाख भारू कमाएको थियो।  

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार यो फिल्म ६ सय करोड भारूमा बनेको हो। पहिला 'आदिपुरुष' करिब ५ सय करोड भारूमा बनेको बताइएको थियो। पुनः भिएफएक्स भएसँगै फिल्मको बजेट बढेको हो। योसँगै 'आदिपुरुष' भारतकै महँगो फिल्म भएको छ।

यो फिल्म हिन्दी तेलुगु, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने