४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनसँग सम्बन्ध सहज हुनासाथ जो बाइडेनले सीलाई ‘तानाशाह’ भनेपछि…

७ असार २०८०, बिहीबार ०९:०६

असार ७, काठमाडौँ | जुन १९ र २० मा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीन यात्रामा थिए । यो चीन अमेरिकाको उच्चस्तरीय भ्रमणमा आएको पाँच वर्षपछिको पहिलो सकारात्मक कूटनीतिक सञ्चार हो ।

प्रायः राष्ट्र तथा सरकार प्रमुखहरुलाई मात्रै भेट दिइने ग्रेट हल अफ दि पिपुलमा राष्ट्रपति सीले ब्लिन्कनलाई भेट दिए । भेटका सकारात्मक सञ्चारले प्रभाव बनाउनु अगाडि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई ‘तानाशाह’ भने । त्यो पनि ब्लिन्कनले चीन भ्रमण सकेकै दिन ।

क्लालिफोर्नियाको एक फण्ड संकलनको कार्यक्रममा बोल्दै बाइडेनले यस्तो भनेका थिए । चीनसँगको सम्बन्धमा बिच्छेद भएको सैन्य संवाद पुनःस्थापनाको बाटो खुल्ने प्रक्रिया सुरु हुनै लाग्दा बाइडेनले यस्तो व्याख्या गरेपछि अमेरिकी अधिकारीहरु नै समस्यामा परेको अमेरिकी अखबार एनबीसीले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको दौरान बाइडेनको यस्तो भनाइ आउनु समयको हिसाबले महत्वपूर्ण थियो । अमेरिकी अखबारका अनुसार बाइडेनले त्यस्तो भन्नासाथ अमेरिकी कूटनीतिज्ञहरुले आफ्ना चिनियाँ समकक्षीहरुलाई सम्पर्क गरेर बाइडेनको त्यो निजी भनाइ भएको भन्दै अमेरिकी नीति त्यसमा नपर्ने बताएका थिए ।

बाइडेनले सीलाई तानाशाह भनेको कुरा विश्वभरका मिडियाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका थिए ।

सन २०२२ मार्चमा बाइडेनले रुसको पुटिन सत्ता परिवर्तन हुनुपर्ने बताएका थिए । तर, अमेरिकी अधिकारीहरुले बाइडेनको त्यो भनाइ अमेरिकी नीतिको नभएको तर्क गरेका थिए । केही समयपछि बाइडेनले उक्त भनाइको आफैं खण्डन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण