२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनसँग सम्बन्ध सहज हुनासाथ जो बाइडेनले सीलाई ‘तानाशाह’ भनेपछि…

२०८०, ७ असार बिहीबार ०९:०६

असार ७, काठमाडौँ | जुन १९ र २० मा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीन यात्रामा थिए । यो चीन अमेरिकाको उच्चस्तरीय भ्रमणमा आएको पाँच वर्षपछिको पहिलो सकारात्मक कूटनीतिक सञ्चार हो ।

प्रायः राष्ट्र तथा सरकार प्रमुखहरुलाई मात्रै भेट दिइने ग्रेट हल अफ दि पिपुलमा राष्ट्रपति सीले ब्लिन्कनलाई भेट दिए । भेटका सकारात्मक सञ्चारले प्रभाव बनाउनु अगाडि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई ‘तानाशाह’ भने । त्यो पनि ब्लिन्कनले चीन भ्रमण सकेकै दिन ।

क्लालिफोर्नियाको एक फण्ड संकलनको कार्यक्रममा बोल्दै बाइडेनले यस्तो भनेका थिए । चीनसँगको सम्बन्धमा बिच्छेद भएको सैन्य संवाद पुनःस्थापनाको बाटो खुल्ने प्रक्रिया सुरु हुनै लाग्दा बाइडेनले यस्तो व्याख्या गरेपछि अमेरिकी अधिकारीहरु नै समस्यामा परेको अमेरिकी अखबार एनबीसीले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको दौरान बाइडेनको यस्तो भनाइ आउनु समयको हिसाबले महत्वपूर्ण थियो । अमेरिकी अखबारका अनुसार बाइडेनले त्यस्तो भन्नासाथ अमेरिकी कूटनीतिज्ञहरुले आफ्ना चिनियाँ समकक्षीहरुलाई सम्पर्क गरेर बाइडेनको त्यो निजी भनाइ भएको भन्दै अमेरिकी नीति त्यसमा नपर्ने बताएका थिए ।

बाइडेनले सीलाई तानाशाह भनेको कुरा विश्वभरका मिडियाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका थिए ।

सन २०२२ मार्चमा बाइडेनले रुसको पुटिन सत्ता परिवर्तन हुनुपर्ने बताएका थिए । तर, अमेरिकी अधिकारीहरुले बाइडेनको त्यो भनाइ अमेरिकी नीतिको नभएको तर्क गरेका थिए । केही समयपछि बाइडेनले उक्त भनाइको आफैं खण्डन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ