४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सहारा मरुभूमिमा बन्यो संसारकै ठूलो सोलार प्लान्ट

७ असार २०८०, बिहीबार ०९:३८

एजेन्सी | मोरक्कोले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट निर्माण गरेको छ । यो प्लान्टले ठूलो मात्रामा सौर्यउर्जाको बिजुली उत्पादन गर्नेछ जसले जिवाश्म इन्धन तथा कोइलामाथिको मोरक्कोको निर्भरता हटाउने बताइएको छ । साथै यो प्लान्टले सूर्यको प्रकाश नपरेको बेलामा पनि बिजुली उत्पादन गर्ने बताइएको छ ।

उर्जा उत्पादनको मामिलामा मोरक्को संसारको शक्ति राष्ट्र बन्न चाहन्छ । नविकरणीय उर्जा उत्पादनमा विश्वमै अग्रणी बन्ने उसको चाहना छ । हाल पूर्णरुपमा निर्माण भैसकेको यो सोलार प्लान्टले मोरक्कोमा खपत हुने ३५ प्रतिशत नविकरणीय उर्जा उत्पादन गर्नेछ ।


यो सोलार फार्म सहारा मरुभूमिमा छ जुन ३ हजार एक्कड क्षेत्रफलमा फैलिएको छ । यो प्लान्ट ३५ सय वटा फुटबल मैदान जत्तिकै ठूलो छ ।

यसबाट ५ सय ८० मेगावाट बिजुली उत्पादन हुनेछ, यो सँगै उक्त प्लान्ट विश्वमै सर्वाधिक बिजुली उत्पादन गर्ने सोलार प्लान्ट बन्नेछ।  सो सोलार प्लान्टको नाम The Noor-Ouarzazate complex हो।

विश्व बैंकका अनुसार मोरक्कोले आफ्नो देशमा खपत हुने उर्जाको ९७ प्रतिशत आयातित काइला, पेट्रोल तथा डिजेलबाट पूर्ति गर्दै आएको छ । यो परियोजनाले भविष्यमा कोइला, पेट्रोल तथा डिजेलको प्रयोगलाई घटनाउने छ।

५ सय ८० मेगावाट बिजुली सौर्यउर्जाबाट उत्पादन भएसँगै ७ लाख ६० हजार टन कार्बन उत्सर्जन पनि कम हुनेछ ।


अर्थात् जिवाश्म इन्धनको प्रयोगबाट हुने लाखौँ टन कार्बन उत्सर्जन कटौती हुँदा त्यसले प्रदूषण कम गर्न सहयोग पुग्नेछ। जुन जलवायु परिवर्तन विरुद्धको लडाइँमा पनि महत्वपूर्ण हुने बताइएको छ।

सहारा मरुभूमिमा मोरक्कोले तयार गरेको यो सोलार प्लान्ट अन्य परम्परागत सोलार प्लान्टभन्दा निकै फरक छ। यसले उत्पादित बिजुलीलाई सिधै विद्युत ग्रीडमा पठाउनेछ।

यो सोलार प्लान्टमा रहेका सोलार प्यानलले सूर्यको प्रकाशलाई एक ठाउँमा जम्मा गर्दछन् जसले उच्च तापक्रम पैदा हुन्छ। सो तापले प्यानलको तलपट्टि राखिएका पाइपमा भरिएको तलर नुनलाई तातो बनाउँछ।

उक्त नुनिलो तरल पदार्थ वाफ बनेर टबाइनतिर जान्छ। बाफको दबाबले टर्बाइन तिव्र गतिमा घुम्दछ, जसबाट बिजुली पैदा हुन्छ। सूर्य अस्ताएपछि पनि तातो भैरहेको सोही नुनिलो तरलका कारण बिजुली उत्पादन भैरहेको हुनेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण