४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

टाइटानिक जहाज जहाँ डुब्यो, त्यस आसपासका पानी यति खतरनाक किन छ ? चार कारण

७ असार २०८०, बिहीबार ११:१०

असार ७, काठमाडौँ | एट्लान्टिक महासागरमा जुन ठाउँमा टाइटानिक जहाज डुबेको थियो, त्यस आसपासका जल क्षेत्र असाध्यै खतरनाक मानिन्छ । यसको पहिलो कारण, त्यहाँको अँध्यारो दुनियाँ हो । टाइटानिकको भग्नावशेष एट्लान्टिक महासागरमा चार किलोमिटर तल रहेको छ ।

यस क्षेत्रलाई ‘मिडनाइट जोन’ भनिन्छ । यहाँसम्म कि सूर्यको किरणसमेत त्यहाँ पुग्न पाउँदैन ।  पनडुब्बीको प्रकाश केही मिटरसम्म मात्रै सीमित हुन्छ । यस्तोमा ध्यान भड्किनु असाध्यै सजिलो छ । 


टाइटानिक विशेषज्ञ टिम म्याटलिन भन्छन्, ‘यहाँ असाध्यै अँध्यारो छ र भीषण चिसो पानी छ । समुद्रको सतह हिलो छ र यो निरन्तर हिँडडुल गरिरहन्छ ।’

उनले भने, ‘तपाईं त्यति बेला कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउनका लागि तपाईंसँग सोनर नामको चिज मात्रै हुन्छ । यहाँसम्म रडारले पनि काम गर्दैन ।’

एट्लान्टिक महासागरको यो क्षेत्र खतरनाक हुनुको एउटा कारण यसको खतरनाक गहिराइ पनि हो । महासागरको सतहमा रहेको दबाब माथिको भन्दा ३९० गुणा बढी छ ।

त्यसैले यहाँसम्म जाने पनडुब्बीको भित्ताहरू निकै बाक्लो हुनुपर्छ । तेस्रो कारण यहाँ पानीको बहाव अर्थात् करेन्ट हो ।

हावा, छालका कारण बलियो करेन्ट बन्छन् र पानीको घनत्वमा पनि अन्तर हुन्छ । 

यसले समुद्रको सतहमा रहेका सामानको स्थान पनि परिवर्तन गर्न सक्छ ।

म्याटलिन भन्छन्, ‘यो एक हिसाबले मून सट जस्तै हो । यो अन्तरिक्षमा जाने अन्तरिक्ष यात्री जस्तै हो ।’

चौथो कारण यहाँ डुबेको जहाज टाइटानिकको भग्नावशेष हो ।

डुबेको सय वर्ष पछि पनि टाइटानिकको भग्नावशेष फुट्न र गल्न जारी छ । यदि कोही यसको निकै नजिक जान्छ भने ठोक्किन सक्छ, अल्झन सक्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण