४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युवतीको कन्चटमा बन्दुक ताकेर लुटेराले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउन भनेपछि…

१३ असार २०८०, बुधबार ०८:०९

असार १३, काठमाडौँ | सोसल मिडियाले दुनियाँमा केवल तरंग मात्र ल्याएको छैन मानिसहरुलाई एक अर्काबीच सम्बन्ध स्थापित गर्न तथा बुझनका लागि समेत राम्रो मञ्च दिएको छ ।

सामाजिक सञ्जालमध्ये सबै उमेरका प्रयोगकर्ताका लागि सर्वाधिक लोकप्रिय र प्रभावशाली माध्यम फेसबुक मानिन्छ । एउटाले फ्रेण्ड रिक्वेस्ट पठाउने र अर्कोले त्यसलाई स्वीकार गरेपछि फेसबुकमा साथी बनिन्छ । यसरी साथी बन्ने अनुरोध पठाउने र स्वीकार गर्ने काम कहिलेकाहीँ दुवैजनाको सहमतिमै तत्कालै हुन्छ त कहिलेकाहीँ एकजनाले साथीका लागि प्रस्ताव गर्छ र अर्कोले त्यसलाई सोची विचारी स्वीकार वा अस्वीकार गर्न सक्दछ ।


जे भए पनि जबसम्म दुवै पक्ष सहमत हुँदैनन् तबसम्म फेसबुकमा साथी बन्न र बनाउन सकिंदैन । आफूले पठाएको रिक्वेस्ट अरुले स्वीकार गरेन वा उसले रिक्वेस्ट पनि पठाएन भने के गर्ने ? जबरजस्ती गर्ने कुरा त भएन । तर अमेरिकामा भने फेसबुकमा साथी बन्नका लागि कन्चटमै गोली ताकिएको छ ।

अमेरिकाको इण्डियानामा यो घटना भएको छ । एकजना लुटेराले एक महिलाको धनमाल लुटेसँगै उनको कन्चटमा बन्दुक ताकेर फेसबुकमा आफूलाई फ्रेण्ड रिक्वेस्ट पठाउन लगायो ।

न्युयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार लुटेराले कन्चटमा बन्दुक ताकेर फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउन लगाएकी महिलाको नाम एम्बर बेरोन हुन् ।

हालै एकदिन कार्यालयबाट फर्किएर घरतर्फ जाने क्रममा थिइन् । त्यहीँ क्रममा एकजना बन्दुकधारी लुटेराले उनलाई बन्दुक देखायो र उनको पर्स खोस्यो । त्यसपछि हातमा समाएको सो बन्दुक बेरोनको कन्चटमा राख्दै तेरो ब्वाइ फ्रेण्ड छ कि छैन भनेर सोध्यो । अनि ब्वाइ फ्रेण्ड नभए आफूलाई फेसबुकमा रिक्वेस्ट पठाएर फेसबुक साथी बन्न आदेश दियो । लुटेराले कन्चटमा बन्दुक राखेर आदेश दिएपछि उनले बाध्य भएर उसलाई फ्रेण्ड रिक्वेस्ट पठाइन् र फेसबुकमा साथी बनिन् ।

फेसबुकमा साथी बनेपछि र पर्स लुटेपछि लुटेराले उनलाई छाडिदियो । अनि उनी डराउँदै घरमा पुगेर सबै कुरा परिवारलाई बताइन् । त्यसपछि अचानक सो व्यक्तिले उनलाई फेसबुकमा मेसेज पठायो ।

मेसेजमा उसले लेखेको थियो- शान्त होउ, मैले छिटै तिम्रो पैसा फिर्ता गर्नेछु। तिमी निकै सुन्दर छौ ।

उक्त मेसेजपछि बेरोन झनै डराइन् र तत्कालै पुलिसलाई सम्पर्क गरेर पूरै घटना बताइन् । प्रहरीले सो व्यक्तिलाई पक्राउ गर्‍यो । फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउनका लागि बन्दुक नै ताक्ने उक्त लुटेराको नाम डेमियन बोयस रहेछ ।

प्रहरीसँग ती व्यक्तिले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । उनीमाथि पुलिसले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण