४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

धोनी विमानभित्र सुतिरहेका बेला एयर होस्टेसले लुकेर भिडियो रेकर्ड गरेपछि…(भिडियो)

१५ श्रावण २०८०, सोमबार १०:३४

साउन १५, काठमाडौँ | भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी निकै चर्चित छन् । यसै कारण प्रशंसकले मौका पाउने बित्तिकै उनीप्रति प्रेम र सम्मान देखाउन चुक्दैनन् । हालै उनीबारे एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जुन चर्चित बनेको छ । भिडियोमा मानिसहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । 

वास्तवमा धोनी विमानमा सुतिरहेका बेला एकजना एयर होस्टेसले उनको भिडियो रेकर्ड गरिन्, जबकी उनकी श्रीमती उनकै छेउमै बसेर मोबाइलमा केही हेरिरहेकी छिन् । तर भिडियो सार्वजनिक भएपछि धोनीको निजी जीवनमा बाधा पुर्‍याएको भन्दै उनका प्रशंसकले एयर होस्टेसलाई गाली गरिरहेका छन् ।


एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंले गोपनीयताको सम्मान गर्नुपर्छ । यदि कसैले उनको भिडियो बनाएको भए यो कुरा संयुक्त राष्ट्रसम्म पुगिसकेको हुन्थ्यो ।’

अर्का प्रयोगकर्ताले एयर होस्टेसलाई गाली गर्दै भने, ‘के कसैले यी एयर होस्टेसलाई थप व्यावसायिक बन्न र उनको (धोनी) को निजतामा हस्तक्षेप नगर्न ज्ञान दिन सक्छ ?’

यस्तै, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘एयर होस्टेसले धोनी र उनकी श्रीमती साक्षीको निजतामाथि आक्रमण गरिरहेकी छिन्, जुन पूर्ण रूपमा गलत हो । ’ यसका साथै, एयर होस्टेसलाई जागिरबाट निकाल्नसमेत माग गरिएको छ । प्रयोगकर्ताले इन्डिगो एयरलाइनलाई ट्याग गर्दै लेखेको छ, ‘कसैको गोपनीयता भङ्ग गर्ने कर्मचारीलाई बर्खास्त गर ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट