२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदीको अमेजनमा काम गर्ने विदेशी श्रमिकमाथि श्रम शोषण

२०८०, २४ आश्विन बुधबार ०९:१३

असोज २४, काठमाडौँ | साउदी अरेबियामा रहेको अमेजन गोदामहरूमा विदेशी श्रमिकमाथि श्रम शोषण गरेकोप्रति एमनेस्टी इन्टरनेशलले आपत्ति जनाएको छ । साउदीको अमेजन गोदामहरूमा काम गर्ने विदेशी श्रमिकलाई नियुक्त गर्ने एजेन्ट र श्रम आपूर्ति कम्पनीहरूले धोका दिनुका साथै साथै श्रम शोषण गरेको भन्दै आपत्ति जनाएको हो ।

उनीहरूमाथि श्रम शोषण गर्नुका साथै पारिश्रमिकमा ठगी गर्ने, नराम्रो अवस्थामा राख्ने, वैकल्पिक रोजगारी खोज्न वा देश छाड्नबाट रोक लगाउने जस्ता कार्य भइरहेको एमनेस्टी इन्टरनेशनले जनाएको छ । आफूमाथि गरिने व्यवहारका विषयमा श्रमिकहरूले कम्पनीमा पटक पटक जानकारी गराएका थिए ।


तर, अमेजनले साउदीमा कार्यरत श्रमिकहरूको मानवअधिकारमाथि बारम्बार भइरहेको दुव्यर्वहारबारे केही बोल्न नसकेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एमनेस्टी इन्टरनेशनलले मानवअधिकार दुर्व्यवहार मारमा पर्नबाट रोक्न कसरी विफल भयो भन्ने प्रश्नमा अमेजनले ‘चिन्ता नगर्नुहोस्, यो अमेजनको एउटा शाखा हो’ नाम दिइएको नयाँ प्रतिवेदन देखाइएको जनाएको छ ।

भर्नाको क्रममा भएको धोकाधडी र कार्यस्थलमा पुगेपछि उनीहरूले भोगेका शोषणलाई हेर्दा श्रमिकले सहेका दुर्व्यवहार धेरै अवस्थामा मानव बेचबिखन सरह रहेको हुन सक्ने एमनेस्टीको ठहर छ । एमनेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले श्रमिकहरूले अमेजन कम्पनीमा सुनौलो अवसरको लाभ उठाइरहेको ठानेका थिए तर उनीहरू दुर्व्यवहारको चपेटामा परेको बताए ।

जसका कारण धेरैलाई मानसिक आघात हुने पुगेको उनको भनाई छ । ‘अरू सयौँले यस्तै भयावह दुर्व्यवहार भोग्नु परेको हुन सक्ने हामीलाई आशङ्का लागेको छ। हामीले अन्तर्वार्ता लिएका धेरै जसोले यति गम्भीर दुर्व्यवहार भोगेका छन् कि त्यो श्रम शोषणकै आधारमा मानव बेचबिखन सरह हुने सम्भावना छ’ उनले भने ।

‘अमेजनले यो भयावह पीडालाई धेरै पहिले नै रोक्न र अन्त्य गर्न सक्थ्यो तर साउदी अरेबियामा अनुबन्धित यी श्रमिकहरूलाई कठोर दुर्व्यवहारबाट बचाउन यसका प्रक्रियाहरू असफल रहे।अमेजनले हानि भोगेका सबैलाई तुरुन्तै क्षतिपूर्ति दिनुपर्छ र यस्तो अब फेरी कहिल्यै नहुने कुराको सुनिश्चित गर्नु पर्दछ’ उनले भने ।

यस विषयमा साउदी सरकारको समेत ठुलो जिम्मेवारी हुने तर, नसकेको एमनेस्टीको ठहर छ । श्रमिकहरूलाई स्वतन्त्र रुपमा रोजगारदाता परिवर्तन र बिना सर्त देश छोड्न पाउने लगायतका उनीहरूको मौलिक अधिकारको सुनिश्चित गर्न र यस विषयमा छानबिन गर्न एमनेस्टीले साउदी सरकारसँग समेत माग गरेको छ ।

एमनेस्टीले तयार पारेको प्रतिवेदनमा २२ जना नेपालीबाट जानकारी लिइएको थियो । उनीहरूले सन् २०२१ देखि २०२३ को बीचमा रियाद वा जेद्दास्थित अमेजनको गोदाममा काम गरेका थिए । उनीहरूलाई दुई वटा तेस्रो पक्ष (श्रम आपूर्ति पर्ने ठेकेदार) मार्फत काममा लगाइएको थियो ।

त्यसरी अमेजनमा काम गर्नको लागि नेपालमा औसतमा १५०० अमेरिकी डलर तिरेको बताएका थिए । कतिपयले उक्त शुल्क तिर्नका लागि चर्को ब्याजमा ऋण लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी