२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल–हमास युद्धको नयाँ हतियार क्रिप्टोकरेन्सी

२०८०, २५ आश्विन बिहीबार ०९:४८

एजेन्सी | इजरायल र हमासबीच जारी युद्ध केवल गोला बारुदबाट मात्र लडिएको छैन । युद्धमा मोबाइल फोन, क्यामेरा तथा इन्टरनेटको पनि भरपुर प्रयोग भैरहेको छ । विश्वभर युद्धका भिडियोहरु फैलाउनका लागि दुबै पक्षबाट उल्लेखित प्रविधिको प्रयोग व्यापक ढंगल भैरहेको छ । हमासले यस युद्धमा रकेट, ड्रोन तथा प्याराग्लाइडर्स जस्ता आधुनिक प्रविधिको प्रयोग गरेको छ ।

हमासको यो शक्ति तथा आक्रमण कौशललाई देख्दा एउटा प्रश्न हमेसा उब्जिन्छ कि आखिर यस प्रकारका अतिवादी संगठनहरुसँग पैसा कहाँबाट आउँछ ?

वास्तवमा दुनियाँभरका कैयन् संगठनहरुले यस्ता समूहहरुलाई सहयोग गर्दछन् । तर पछिल्ला केही वर्षहरुमा यी समूहका सदस्यहरुसम्म डिजिटल माध्यमबाट वित्तीय सहयोग पुगिरहेको छ । हो, यसका लागि विकेन्द्रित डिजिटल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सीले भूमिका खेलिरहेको छ ।

क्रिप्टोमा जम्मा हुन्छ रकम

डिसेन्ट्रलाइज्ड मुद्राको अनुगमन गर्ने काम वैश्विक वित्तीय प्रणालीका लागि चुनौतिको विषय बनिरहेको छ । सोही कारणले कैयन् देशहरुले यसलाई मान्यता दिइरहेका छैनन् । कालोबजारमा कहिलेकाहीँ क्रिप्टो करेन्सीको प्रयोग भैरहेको सूचना भने आइरहन्छ । सबैभन्दा डरलाग्दो कुरा त यसको प्रयोग आतंकवादी समूहहरुलाई आर्थिक सहयोग प्रदान गर्नका लागि समेत भैरहेको हुन्छ ।

सन् २०२० को अगष्टमा अमेरिकी सरकारले आतंकवादी संगठनहरुको लाखौं डलर क्रिप्टोकरेन्सी सिज गरेको थियो । ती आतंकवादी संगठनहरुले रकम जुटाउनका लागि क्रिप्टोकरेन्सीको प्रयोग गरिरहेका थिए ।

इलिप्टिक (Elliptic) का अनुसार सन् २०२१ को जुनदेखि सन् २०२३ को अगष्टसम्म प्यालेस्टाइन इस्लामिक जिहाद नामक एक आतंकवादी संगठनले करीब ९ करोड ३० लाख डलर रकम क्रिप्टोकरेन्सीका रुपमा जम्मा गरेको छ । सोही संगठनले नै इजरायलका सर्वसाधारणलाई बन्धक बनाएको छ । त्यस्तै हमासले पनि ४ करोड १० लाख डलर डिजिटल भुक्तानीको सहयोगमा संकलन गरेको छ ।

क्रिप्टो व्यवसायको वित्तीय नियमनमा सहयोग गर्ने संस्था इलिप्टिकका अनुसार सो रकमलाई कुन प्रकारले प्रयोग गरिएको छ भन्ने कुरा चाहिँ जानकारी छैन । सन् २०२२ मा अमेरिकी अधिकारीहरुले हमासको लगानी कार्यालयलाई अनुमति दिएका थिए र हमाससँग ५० करोड डलरको सम्पत्ति रहेको बताएका थिए ।

किन हुन्छ क्रिप्टोकरेन्सीको प्रयोग ?

क्रिप्टोकरेन्सी पटक–पटक विवादमा आउने गरेको छ । यसका विभिन्न कारण छन् । कहिले यसको स्थीरतालाई लिएर त कहिले यसको प्रयोगलाई लिएर । यो एउटा विकेन्द्रित मुद्रा हो । अर्थात् यस्तो खालको मुुद्राको कुनै केन्द्र हुँदैन ।

आम भाषामा भन्नुपर्दा हामीले प्रयोग गर्ने रुपैयाँलाई केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकले नियन्त्रण गर्दछ । कति नोट छापियो, त्यसको मूल्य, लेनदेन सबैको व्यहोरा राष्ट्र बैंकसँग हुन्छ । तर विकेन्द्रित मुद्रा यसको ठ्याक्कै उल्टो हुन्छ । यसलाई कुनै पनि सरकार, बैंक वा संस्थाले एक्लै नियन्त्रण गर्न सक्दैन । यसमा ब्लकचेक प्रविधि प्रयोग गरिएको हुन्छ ।


यसको कारोबार गोप्य तथा सुरक्षित हुन्छ । सोही कारणले यो मुद्रा कहाँ प्रयोग गरिएको छ त्यो पत्ता लगाउन कठीन हुन्छ । त्यसको फाइदा चाहिँ आतंकवादी संगठनहरुले उठाउँछन् ।

हमाससँग सम्बन्धित सैन्य शाखा अल कसम ब्रिगेडले सन् २०१९ मा बिटक्वाइन मार्फत् आर्थिक सहयोगको अपिल गरेको थियो । यस्ता समूहहरु अन्य डिजिटल मुद्राबाट पनि जोडिएका हुन्छन् जसमा डोजेक्वाइन, टेथर तथा युएसडिसी लगायतका छन् । यी संगठनहरुले पब्लिक मार्केटबाट पारम्परिक वित्तीय सम्पत्तिहरु सजिलैसँग खरीद गर्न सक्दैनन् । तथापि उनीहरुले स्मार्ट करोबारहरुको फाइदा निश्चित रुपमा उठाउन सक्दछन् ।

इलिप्टिकका अनुसार कतिपय समूहले क्रिप्टो माइनिङ समेत गरेको पाइएको छ जसका कारणबाट उनीहरुलाई क्रिप्टोकरेन्सी नेटवर्कको मेन्टेनेन्सबाट समेत फाइदा प्राप्त हुन्छ । आतंकवादी संगठनहरुलाई क्रिप्टोकरेन्सीको प्रयोग गर्नबाट रोक्नका लागि अमेरिका तथा इजरायलले मिलेर काम गरिरहेका छन् ।

यी मुलुकहरु बाइनान्स जस्ता क्रिप्टो एक्सचेन्ज मार्फत् आतंकवादी समूहहरुसँग सम्बन्धित अकाउन्टको पहुँचलाई रोक्नुपर्ने बताउँछन् । यसका लागि फाइनान्स एक्सन टास्कफोर्स अर्थात् एफएटिएफ गठन पनि गरिएको छ, जसको काम मुद्रा निर्मलीकरणलाई रोक्नु हो ।

इजरायलको मुद्रा निर्मलीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निषेध प्राधिकरणका पूर्वप्रमुख स्लोमिट व्यागम्यान क्रिप्टोकरेन्सी प्रविधि विकसित गरिरहेका कम्पनीहरुले मुद्रा निर्मलीकरण तथा आतंकवादी क्रियाकलामा लगानी रोक्नका लागि काम गर्नुपर्ने बताउँछन् । क्रिप्टोकरेन्सीको गलत प्रयोगको खतरालाई रोक्न नसकिएसम्म यसको असर परिरहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी