२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतको सर्वोच्चद्वारा समलिंगी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार

२०८०, ३० आश्विन मंगलवार ०९:४६

असोज ३०, काठमाडौँ | भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार गरेको छ।

समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै दायर भएको सार्वजनिक सरोकारको  रिटमा मंगलबार फैसला सुनाउँदै सर्वोच्चले यस्तो विवाहलाई कानुनी मान्यता दिने अधिकार अदालतलाई नभई संसदलाई भएको दाबी गरेको छ। 

प्रधानन्यायाधीश डि वाई चन्द्रचुडले समलिंगी विवाहलाई मान्यता दिने कि नदिने भन्ने कानुन बनाउने अधिकार अदालतलाई नभई विधायिका (संसद)लाई भएको टिप्पणी गरे।


लाइभ ल अनुसार समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग गरिएको रिटमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको इजलासमा सुनुवाइ गर्दै फैसला सुनाइएको हो।

‘यो अदालतले कानुन बनाउन सक्दैन। अदालतले कानुनको ब्याख्यामात्र गर्न सक्छ,’ प्रधानन्यायाधीश चन्द्रचुडले भने। सर्वोच्चले समलिंगी जोडीलाई बच्चा एडप्ट गर्न पाउने अधिकार पनि नभएको टिप्पणी गरेको छ। 

यो विषयमा पनि न्यायाधीशहरू विभाजित भएका थिए। पाँचमध्ये तीन न्यायाधीश बच्चा एडप्ट गर्न नहुने पक्षमा भए भने दुई जना न्यायाधीशले पक्षमा राय दिएका थिए। तीन जना न्यायाधीशहरुले दिनु हुँदैन भनेर राय दिएपछि बहुमतका आधारमा भएको फैसला लागू हुने छ।

भारतभन्दा नेपाल समलिंगी र तेस्रो लिंगीहरुको हकमा लचिलो रहेको छ। नेपालले पटक–पटक उनीहरुको पक्षमा ऐतिहासिक फैसला सुनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी