२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वायु प्रदूषण बढेपछि ‘क्लाउड सिडिङ प्रविधि’ मार्फत कृत्रिम वर्षा गराउने तयारीमा भारत

२०८०, २३ कार्तिक बिहीबार ०६:५८

एजेन्सी | भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी भइरहेको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले प्रदूषण भयावह बनेका कारण नियन्त्रणका लागि कृत्रिम वर्षाको योजना बनाएको हो ।

दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल रायले बुधबार आईआईटी कानपुरको टिमसँग बैठक आयोजना गरेका थिए । बैठकपछि रायले भने, ‘सबै कुरा ठिक रह्यो र अनुमति मिल्यो भने २१ र २२ नोभेम्बरका दिन कृत्रिम वर्षा गराइनेछ ।’

पछिल्ला दिनमा दिल्लीको हावा प्रदूषित भएको छ । त्यहाँ एयर क्वालिटी इन्डेक्सको स्तर ५०० नाघेको बताइन्छ ।


वर्षाले कम हुन्छ प्रदूषण ?

कम वर्षाकै कारण दिल्लीको हावा प्रदूषित भएको आकलन गरिएको छ । सेप्टेम्बरमा मनसुन सकिएपछि वर्षा नभएका कारण हावामा प्रदूषणकारी तत्त्व जम्मा भएको विज्ञहरू बताउँछन् । अक्टोबरमा दिल्लीमा नाम मात्रको वर्षा भएको थियो ।

अक्टोबर २०२१ मा १२३ मिलिमिटर वर्षा भएको दिल्लीमा अक्टोबर २०२२ मा १२९ मिलिमिटर वर्षा भएको थियो । तर अक्टोबर २०२३ मा दिल्लीमा ५.४ मिलिमिटर मात्र वर्षा भएको थियो ।

कसरी हुन्छ कृत्रिम वर्षा ?

कृत्रिम वर्षा ‘क्लाउड सिडिङ प्रविधि’ मार्फत गराइन्छ । आईआईटी कानपुरका विज्ञहरू सन् २०१७ देखि नै क्लाउड सिडिङ प्रविधिमार्फत कृत्रिम वर्षा गराउने योजनामाथि काम गर्दै आएका थिए ।

यस वर्षको जुन महिनामा आईआईटी कानपुरले उक्त प्रविधिमा सफलता हात पारेको बताइन्छ । परीक्षणका क्रममा एउटा सानो विमानलाई पाँच हजार फिटको उचाइमा उडाइएको थियो । सोही विमानबाट क्लाउड सिडिङ प्रविधिअनुसार बादलमा रासायनिक पाउडर छर्किएको थियो, जसबाट वर्षा भएको थियो ।

क्लाउड सिडिङ के हो ?

क्लाउड सिडिङ प्रविधिमाथि १९४० कै दशकदेखि काम गर्न थालिएको थियो । भियतनाम युद्धमा अमेरिकाले क्लाउड सिडिङ प्रविधिलाई हतियार बनाएको आरोप छ । उक्त युद्धमा अमेरिकाले कृत्रिम वर्षा गराएर जमिनलाई दलदल बनाइदिएको र भियतनामको ‘सप्लाइ चेन’ बिगारिदिएको आरोप लाग्दै आएको छ । तर यसबारे ठोस प्रमाण भने जुटिसकेको छैन ।

क्लाउड सिडिङ मौसममा परिवर्तन गराउने एउटा प्रविधि हो । जसबाट कृत्रिम रूपमा वर्षा गराउन सकिन्छ । यो प्रविधिमा सानो आकारका विमानलाई बादलको बिचमा उडाएर सिल्भर आयोडाइड, ड्राई आइस र क्लोराइड छर्किने गरिन्छ । जसले गर्दा बादलमा पानी जम्न थाल्छ र त्यही पानी वर्षा बन्दछ ।

चीनमा हुन्छ कृत्रिम वर्षा

चीनको राजधानी बेइजिङ विश्वका प्रदूषित सहरमध्ये एक हो । यहाँ प्रदूषण कम गर्न कृत्रिम वर्षा गराइन्छ ।

सन् २००८ मा बेइजिङ ओलम्किका क्रममा वर्षाले खेल अवरुद्ध नहोस् भन्ने उद्देश्यका साथ चीनले ‘वेदर मोडिफिकेसन सिस्टम’ प्रयोग गरेर पहिला नै वर्षा गराएको थियो । यस अतिरिक्त जापान, युएई जस्ता मुलुकले पनि यस प्रकारको अभ्यास गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी