१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२८ कर्मचारी बर्खास्त गरेपछि गुगल प्रमुखको सन्देश- कार्यालयमा राजनीति नगर्नुस्

९ बैशाख २०८१, आईतवार ०६:५३

बैशाख ९, काठमाडौँ | टेक कम्पनी गुगलका सीईओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई राजनीतिलाई कार्यस्थलबाट टाढा राख्न आग्रह गरेका छन् । गुगलबाट २८ कर्मचारीलाई निकालेपछि कम्पनीका कर्मचारीका लागि लेखिएको ब्लग पोस्टमा सीईओले यस्तो बताएका हुन् ।

त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीतिमा नलाग्न निर्देशन दिएका छन् । 'मिशन फर्स्ट' शीर्षकको आफ्नो नोटमा पिचाईले भने- कम्पनीको नीति र अपेक्षाहरू स्पष्ट छन् । कार्यालयमा राजनीति गर्ने ठाउँ छैन ।

केही कर्मचारीहरूले गुगल र इजरायलबीच सम्झौता भएको १.२ बिलियन डलर बराबरको निम्बस परियोजनाको विरोध गरिरहेका थिए, जुन अमेजनसँगको संयुक्त परियोजना हो । यसमा इजरायली सरकार र सेनालाई क्लाउड सेवा उपलब्ध गराउने बताइएको छ ।

परियोजनाको विरोधमा गुगलको न्यूयोर्क, क्यालिफोर्निया र सन्नीभेल सहरमा एक घण्टा लामो धर्ना दिएपछि प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो । उनले आफूलाई परिसरबाट बाहिर निकालेर लाइभ स्ट्रिम गरेका थिए । यसपछि गुगलले २८ कर्मचारीलाई बर्खास्त गरेको थियो ।

पिचाईले कर्मचारीहरूलाई आफ्नो नोटमा भने, 'गुगलको संस्कृति सधैं खुला संवादलाई बढावा दिने एक हो । यसले हामीलाई उत्कृष्ट उत्पादनहरू सिर्जना गर्न र राम्रो विचारहरूमा कार्य गर्न सक्षम बनाउँछ । दिमागमा राख्नु पर्ने एउटा कुरा के हो भने हामी कार्यालयमा काम गर्छौं र यहाँ केही नीति र अपेक्षाहरू स्पष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ