१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरानमा इजरायल आक्रमणको स्याटेलाइट तस्बिर सार्बजनिक

९ बैशाख २०८१, आईतवार १२:२०

बैशाख ९, काठमाडौँ | इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटेलाइट तस्बिरहरू सार्बजनिक भएका छन् । जसमा इरानको एयर बेसमा क्षति पुगेको देखिएको छ ।

शुक्रबार बिहान इजरायलले इरानलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । तर, इरानले इजरायलको आक्रमणलाई अस्वीकार गर्दै इरानी सैन्य आधारमा कुनै क्षति नभएको बताएको छ ।

इरानको इस्फाहान सहरमा रहेको एयर बेसमा रहेको एयर डिफेन्स सिस्टम ध्वस्त भएको देखिएका दुईवटा तस्बिरको विविसीले गरेको विश्लेषणमा इरानको एयर बेसमा नोक्सान पुगेको पाइएको छ ।

अमेरिकी अधिकारीहरूले इजरायलले इरानमाथि मिसाइल हमला गरेको दाबी गरे पनि इजरायलले यसबारे कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । पछिल्लो समय इजरायल र इरानबीच तनाव बढेको छ ।

गत हप्ता, इरानले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणमा धेरै शीर्ष इरानी कमाण्डरहरूको मृत्युको जवाफमा इजरायलमा तीन सय भन्दा बढी मिसाइल र ड्रोनहरू प्रहार गरेको थियो । यद्यपि, तीमध्ये धेरैजसो आकाशमा नै नष्ट भएका थिए। इजरायलले इरानको असफल आक्रमणमा आफूलाई कुनै क्षति नभएको दाबी गरेको छ ।

शुक्रबार इरानमा इजरायलले हमला गरेपछि इजरायलले कुन इरानी स्थानलाई निशाना बनाएको भन्ने प्रश्न उठिरहेको छ । इस्फाहान इरानको आणविक कार्यक्रमको केन्द्र पनि हो।

इजरायलले आफ्नो आक्रमणमा कुन प्रकारको हतियार प्रयोग गरेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर स्याटेलाइट तस्विरमा एयरबेसमा क्षति पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ