२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाले लगायो इजरायली सैनिक माथी प्रतिबन्ध

१० बैशाख २०८१, सोमबार ०२:५९

बैशाख १०, तेलअहिव | अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनलाई प्रतिबन्ध लगाएको छ। 

अन्तराष्ट्रिय मिडियामा यो खबर आएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आक्रोशित भएका छन् । साथै, उनले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन् । 

प्रधानमन्त्री नेतान्याहुले भने, ‘अमेरिकाको यो निर्णय बेतुक छ, यो गर्नु हुँदैनथ्यो । मैले नेतृत्व गरिरहेको सरकारले यी कदमहरू विरुद्ध हरसम्भव रूपमा कारबाही गर्नेछ।’

यो प्रतिबन्ध वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध मानवअधिकार उल्लङ्घनको आरोपमा लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । बाइडेन प्रशासनले यस बटालियनलाई कालोसूचीमा राख्ने निर्णय पनि गर्न सक्ने पनि उनीहरूले उल्लेख गरेका छन । यदि यसो भयो भने नेत्जाह येहुदा सिपाहीहरूले अमेरिकी सैनिकहरूसँग तालिम लिन सक्षम हुने छैनन्। अमेरिकी कोष पनि बन्द हुनेछ। अमेरिकी हतियारमाथि पनि प्रतिबन्ध लगाइने छ।

‘हाम्रा सिपाहीहरू आतंककारी राक्षसहरूसँग लडिरहेका छन्, उनीहरूले उल्टै हामीलाई प्रतिबन्ध लगाएका छन्,’ बेन्जामिन नेतान्याहुले भने, ‘अमेरिकाबाट यो अपेक्षा थिएन, हाम्रा सैनिकहरू आतंकवादी राक्षससँग लडिरहेका बेला यस्तो अवस्थामा पनि प्रतिबन्ध लगाइँदैछ । प्रतिबन्ध लगाउने मनसाय बेतुक छ।’ 

यसै क्रममा इजरायली मन्त्री इटामार बेन ग्वीर र बेजलेल स्मोट्रिचले पनि अमेरिकाको निर्णयको कडा आलोचना गरेका छन् । ग्वीरले भने, ‘हाम्रा सैनिकमाथि प्रतिबन्ध लगाउनु खतराको संकेत हो। इजरायल आफ्नो अस्तित्वको लागि लडिरहेको बेला बटालियनहरूमा प्रतिबन्ध स्वीकृत गर्ने कदम पूर्ण पागलपन हो। यो कदम अत्यन्त गम्भीर छ र नेत्जाह येहुदा सदस्यहरूलाई सुरक्षित गरिनुपर्छ।’ उनले रक्षा मन्त्री योभ ग्यालान्टलाई अमेरिकी आदेशको अगाडि नझुक्न पनि आग्रह गरेका छन् । 

इरान–इजरायल युद्धपछि अमेरिकाले इजरायललाई आक्रमण नगर्न निरन्तर दबाब दिइरहेको छ । यसैबीच इरानमा हवाई आक्रमणको खबर पनि बाहिर आएको छ । अहिले अमेरिकाको यो कदमबाट धेरै अर्थ निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली