२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इन्डोनेसियामा रेल बसमा ठाेक्कियाे, पाँच जनाको मृत्यु

२०८१, १० बैशाख सोमबार ०५:४८

बैशाख १०, जकार्ता | इन्डोनेसियामा रेल बसमा ठाेक्किदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।

सो दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान कोमेरिङ उलु रिजेन्सीको क्रसिङमा भएको हो। 

अजहर जाकी अस्जारी, रेल्वेका जनसम्पर्क प्रबन्धकका अनुसार उक्त दुर्घटना अकल्पनीय थियो । ‘एकजनाको घटनास्थलमा मृत्यु भएको छ, चार जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ, र अन्य १५ जना घाइते भएका छन्,’ अस्जारीले मिडियासँग भने, ‘घटनाको समयमा रेल चालकले बारम्बार हर्न बजाए तर बस चालकले ध्यान दिएन, त्यसैले ठक्कर बाट बच्न सकेन ।’

उनका अनुसार सो टक्कर अघि रेल चालकले ट्रेन रोक्न प्रयास गरेको थियो। तर, नजिकैको दुरीका कारण ट्रेनले बसलाई नराम्ररी ठक्कर दियो र बसलाई करिब ५० मिटरसम्म उछिटाइदियो ।

उद्धार कार्यमा संलग्न उद्धारकर्ताका संयोजक मुहम्मद त्रियोनोका अनुसार सबै पीडितहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से