२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

टेलिग्रामका मालिक डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध

१३ भाद्र २०८१, बिहीबार १२:३९

भदौ १३, काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका मालिक र संस्थापक पावेल डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध लगाइएको छ ।

पेरिसका अभियोजकहरूले म्यासेजिङ एपमा संगठित अपराधको अनुसन्धानको भागको रूपमा पावेल डुरोभलाई फ्रान्समा औपचारिक अनुसन्धान अन्तर्गत राखिएको बताएका छन् ।

३९ वर्षीय डुरोभलाई हिरासतमा भने नराखेर न्यायिक निगरानीमा राखिएको बताइएको छ । उनलाई पाँच मिलियन युरो जम्मा गर्न भनिएको छ । रुसी मुलका अर्बपति डुरोभ पनि फ्रान्सेली नागरिक हुन् । उनी हप्तामा दुई पटक फ्रान्सेली प्रहरी चौकीमा हाजिर हुनुपर्नेछ । उनलाई फ्रान्सबाट बाहिर जान अनुमति दिइएको छैन ।

गत शनिबार, डुरोभलाई पहिलो पटक पेरिसको उत्तरमा रहेको ले बोर्जेट विमानस्थलमा एपसँग सम्बन्धित अपराधको वारेन्ट अन्तर्गत पक्राउ गरिएको थियो ।

डुरोभविरुद्धको आरोपमा संगठित गिरोहको तर्फबाट लेनदेनको लागि अनलाइन प्लेटफर्म चलाउनमा संलग्नता, अधिकारीहरूसँग वार्ता गर्न अस्वीकार र बालबालिकाका अश्लील छविहरूको संगठित वितरणमा संलग्नता समावेश छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का