२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हिन्डनबर्गको आरोप बाबजुद अडानी कसरी बने भारतकै धनी व्यक्ति ?

२०८१, १४ भाद्र शुक्रबार ११:०५

भदौ १४, काठमाडौं । मुकेश अम्बानीलाई पछि पार्दै भारतीय अर्बपति गौतम अडानी भारतको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी सर्ट सेलिंग फर्म हिन्डनबर्ग रिसर्चले गत वर्ष जनवरीमा अडानी समूहविरुद्ध प्रतिवेदन सार्वजनिक गरेको थियो । 

२४ जनवरी २०२३ मा अमेरिकी फोरेन्सिक फाइनेन्सियल कम्पनी हिन्डनबर्गले अडानीमाथि गरेको अनुसन्धानात्मक रिपोर्टमा अडानी समूहमाथि भ्रष्टाचारको गम्भीर आरोपहरु लगाइएको थियो । सँगै रिपोर्टमा अडानी समूहको सामुन्ने ८८ वटा प्रश्न राखिएको थियो ।


त्यसपछि अडानी समूहको शेयरमा भारी गिरावट आएको थियो । त्यसका बाबजुद पनि पछिल्लो समय अडानीको सम्पत्तिमा भारी वृद्धि भएको देखिन्छ ।

हुरुन इन्डिया २०२४ धनी व्यक्तिको सूचीअनुसार पछिल्लो एक वर्षमा अडानी परिवारको कुल सम्पत्ति ५,६५,५०३ करोडले बढेको छ । यससँगै अडानी भारत र एशियाका दोस्रो धनी व्यक्ति बनेका छन् । अडानीको  पारिवारिक सम्पत्ति ९५ प्रतिशतले बढेर ११.६ लाख करोड रुपैयाँ पुगेको छ ।

उनले अम्बानी परिवारलाई पछाडि छोडेका छन् । पछिल्लो ५ वर्षमा अडानीको कुल सम्पत्ति देशका शीर्ष १० धनी व्यक्तिमध्ये सबैभन्दा बढेको छ । हिन्डनबर्ग रपोर्टका बावजुद, उनको कुल सम्पत्तिमा उल्लेख्य सुधार देखिएको छ । अडानी समूह भारतको तेस्रो ठूलो औद्योगिक घराना हो । उक्त समूहको व्यवसाय एयरपोर्ट, पोर्ट, पावर, एफएमसीजी, रियल्टी, इन्फ्रा, सिमेन्ट र मिडिया लगायत धेरै क्षेत्रमा फैलिएको छ ।

हिन्डनबर्गको आरोपपश्चात् पनि अडानी समूहले छोटो समयमा उल्लेख्य कमाइ गरेको छ । गत वर्षको तुलनामा अडानी समूहको सम्पत्तिमा ९५ प्रतिशतले वृद्धि भएको छ ।

अडानी परिवारको कुल सम्पत्ति ११,६१,८०० करोड रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षमा अडानीको नेटवर्थ बढ्नुको कारण समूहको शेयरमा भएको वृद्धि हो । यस अवधिमा, अडानी पोर्ट्सले सबैभन्दा बढी ९८५ वृद्धि गरेको छ । त्यस्तै अडानी इनर्जी, अडानी ग्यास, अडानी ट्रान्समिसन र अडानी पावरको सेयर औसत ७६ प्रतिशतले बढेको छ ।

लामो समय भारतको सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका अम्बानी दोस्रो नम्बरमा छन् । उनको कुल सम्पत्ति  १०,१४,७०० करोड रहेको छ । उनको सम्पत्तिमा २५ प्रतिशत वृद्धि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा