२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

क्यानडाबाट ७० हजार विदेशी विद्यार्थीलाई आफ्नो देश फर्काइने जोखिम

१४ भाद्र २०८१, शुक्रबार १२:३६

भदौ १४, काठमाडौँ । क्यानाडामा सङ्घीय अध्यागमन नीतिमा भएका परिवर्तनका कारण ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी आफ्नै देशमा फिर्ता हुनसक्ने जोखिम बढेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले शिक्षा अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर भर्ना घटाउने निर्णय गरेपछि विभिन्न देशबाट गएका विद्यार्थीहरू फर्काइन सक्ने जोखिम बढेको हो ।

सरकारको निर्णयको विरोधमा क्यानडाका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । देशभरका विद्यार्थीहरूले प्रिन्स एडवर्ड आइल्याण्ड, ओन्टारियो, मनिटोबा , ब्रिटिश कोलम्बिया लगायतका प्रान्तमा क्याम्प लगाएर र्‍यालीहरू आयोजना गरिरहेका छन् ।

युवा समर्थन नेटवर्क भनिने एक विद्यार्थी वकालत समूहका प्रतिनिधिहरूले स्नातक तह सकेका धेरै विद्यार्थीहरूले आफ्नो कार्य अनुमतिको म्याद सकिएपछि यस वर्षको अन्त्यमा बहिर्गमनको सामना गर्नुपर्ने बताउँदै आएका क्यानडाका सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ प्रान्तीय नीतिहरूले स्थायी बसोबासको नामाङ्कनमा २५ प्रतिशत कटौती गरेको छ । इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानडा (आईआरसीसी) का अनुसार यस वर्ष झण्डै ३ लाख ६० हजार विद्यार्थीले अनुमति पाउने अपेक्षा गरिएको छ जुन गएको वर्षको तुलनामा ३५ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का