२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

१५ भाद्र २०८१, शनिबार ०९:४३

भदौ १५, काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन् ।

प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद हुमायुन, कमल अहमद मजुमदार, शाहजहान खान र कमरुल इस्लाम रहेका छन् ।

देश छाड्न प्रतिबन्ध लगाइएका ६ पूर्व सांसदहरुमा सलीम उद्दीन, मामुनुर रसिद किरण, कुजेन्द्रलाल त्रिपुरा, काजिम उद्दिन, नूर आलम चौधरी र जियाउर रहमान रहेका छन् ।

यसैबीच, अदालतले शेख हसिना सरकारमा वाणिज्यमन्त्री रहेका टिपु मुन्शीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । ढाकाको मुख्य महानगरीय मजिस्ट्रेट अदालतले यस्तो आदेश दिएको हो ।

राजधानीको बड्डा प्रहरी चौकीमा सुमन सिकदार नामका व्यक्तिको हत्या गरेको अभियोगमा मुन्सीलाई हिरासतमा राखिएको छ । उनलाई र्‍यापिड एक्सन बटालियनले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का