२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसमा पर्यटक बोकेको हेलिकप्टर बेपत्ता

१५ भाद्र २०८१, शनिबार १०:४०

भदौ १५, काठमाडौँ । रुसको एमआई हेलिकप्टर उडानका क्रममा बेपत्ता भएको छ । मिडिया रिपोर्टका अनुसार बेपत्ता हेलिकप्टरमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका थिए ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसको भाचकाजेट्स ज्वालामुखी नजिकैको साइटबाट २५ किलोमिटर टाढा निकोलाएभकामा हेलिकप्टर उडेको थियो ।

हेलिकप्टरले मस्को र सेन्ट पिटर्सबर्गका पर्यटकहरू बोकेको थियो र हेलिकप्टर  तालमा खसेको जनाएको छ ।

एमआई-८टी हेलिकप्टर १९६० मा डिजाइन गरिएको र यसमा दुईवटा इन्जिन रहेको बताइएको छ । उद्धारकर्मीले बेपत्ता भएको हेलिकप्टरको खोजी सुरु गरेका छन् । हेलिकप्टर बेपत्ता भएको क्षेत्रमा हुरीबतास र कुहिरो देखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यो हेलिकप्टर संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने हेलिकप्टरहरू मध्ये एक रहेको बताइएको छ । रूसले यसको १७ हजारभन्दा बढी एकाइहरू बनाएको छ । भारत, चीन, इरानलगायत ५० भन्दा बढी देशले यसको प्रयोग गरिरहेका छन् । यो दुवै नागरिक र सैन्य मा प्रयोग गरिन्छ ।

रुसमा एमआई- ८ पछिल्लो पटक यसै महिनाको सुरुमा, १६ जना सवारहेलिकप्टर रुसको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको थियो ।

कामचटका मस्कोबाट ६,००० किमी पूर्व र अलास्काबाट २,००० किमी पश्चिममा अवस्थित छ । यो क्षेत्र आफ्नो सौन्दर्यको लागि परिचित छ, त्यसैले धेरै पर्यटकहरू यहाँ आउँछन् । यहाँ लगभग १६० ज्वालामुखी छन् र ती मध्ये २९ अझै सक्रिय छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का