२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमासको नियन्त्रणमा रहेका ६ जना बन्धक मृत अवस्थामा भेटिए

१६ भाद्र २०८१, आईतवार ०६:३४

भदौ १६, काठमाडौँ | इजरायलले हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकलाई मृत अवस्थामा फेला पारेको छ ।

हमासले गाजामा बन्दी बनाएर राखेका उनीहरुलाई रफाह क्षेत्रस्थित भुमिगत सुरुङमा शनिबार मृत फेला पारेको इजरायली सेनाले जनाएको छ ।

सबै शवलाई इजरायली सिमानामा फिर्ता पठाइएको आईतबार जारी गरेको आईडिएफले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सार्जेंट ओरी डानिनोको शव भेटिएको आईडिएफले बताएको छ। सबै मृतकको परिवारलाई जानकारी गराइसकिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणपछि २५१ जनालाई बन्धक बनाइएको थियो ।

६ जनालाई नै हमासले हत्या गरेको आइडिएफको विज्ञप्तिमा दाबी गरिएको छ ।

लडाइँका बीच अमेरिका, इजिप्ट र कतारका मध्यस्कर्ताको प्रयासमा युद्धविरामका लागि पहल पनि जारी छ । सो वार्ता सफल भएमा इजरायली कारगारमा रहेका प्यालेस्टिनी कैदीको बदलामा हमासले सबै बन्धक मुक्त गर्नेछ।

बाँकी रहेका ९७ बन्धकमध्ये २७ जना मारिएको अनुमान गरिएको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा ४० हजार ५ सयभन्दा धेरै मानिस मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का