२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलले सैन्य दबाब कायम राखे थप बन्धकहरूकाे हत्या गर्ने हमासको चेतावनी

१८ भाद्र २०८१, मंगलवार ०७:४७

भदौ १८, काठमाडौं | हमासले इजयरालले सैन्य दबाब जारी राखे बाँकी रहेका बन्धकहरूको हत्या गर्ने चेतावनी दिएको छ।

इजरायलसँगको युद्ध रोक्ने विषयमा बारम्बार भएको वार्तामा कुनै सहमति हुन नसके पछि हमासले बाँकी रहेका बन्धकहरू ‘कफिनभित्र’ फर्काइने चेतावनी दिएको हो।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ। इता, प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकहरूको हत्या गरेको दावी गर्दै आएका छन्।

यही स्थिती कायम रहेमा बन्दकहरू कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत बताएका छन्।यसअघि छ जना बन्धकहरूलाई ‘मृत्युदण्ड’ दिएपछि सेना बन्दकहरू राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ।

यसैबीच, प्रधानमन्त्री नेतन्याहूले बन्धकहरूलाई फिर्ता ल्याउन नसकेको भन्दै देशबासीसाग माफी मागेका छन्।

हमाससँगको युद्धविरामका लागि अहिले चौतर्फी नेतन्याहूमाथि दबाब बढ्न थालेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का