२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसी राष्ट्रपति पुटिनले गरे कमला ह्यारिसको समर्थन

२०८१, २१ भाद्र शुक्रबार ०७:४१

भदै २१, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति पदका लागि समर्थन गरेका छन् ।

पुटिनले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुदा रुसमाथि थप प्रतिबन्ध लाग्ने बताएका छन् । उनी अघि कुनै पनि अमेरिकी राष्ट्रपतिले रुसमाथि यति धेरै प्रतिबन्ध लगाएका थिएनन् ।

रुसको भ्लादिभोस्टोक सहरमा आयोजित इस्टर्न इकोनोमिक फोरममा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रुपमा कसलाई रुचाउनुहुन्छ भनेर सोधिएको थियो ? यस प्रश्नको जवाफमा पुटिनले भने, ‘यदि तपाईले मलाई पहिले सोध्नुभएको भए म राष्ट्रपति बाइडेनको नाम लिने थिए । तर अहिले उनी दौडबाट पछि हटेका छन्, उनले कमला ह्यारिसको नामलाई समर्थन गरेका छन्, त्यसैले म पनि त्यही गर्छु ।'

पुटिनले भने–  'उनी खुल्लमखुल्ला हाँस्छिन् । यसले उनको जीवनमा सबै राम्रै चलिरहेको देखाउँछ । यदि उनले सबै ठीक गरिरहेकी छिन् भने उनले रुसमाथि ट्रम्पले जस्तै प्रतिबन्ध लगाउने छैनन् । हुनसक्छ उनी यस चीजबाट बाँच्नेछिन् ।'

तर, पुटिनले अमेरिकी राष्ट्रपतिको बन्ने भन्ने छनोट गर्ने काम अमेरिकी नागरिकको भएको बताए । पुटिनले अमेरिकी जनताको रोजाइको सम्मान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन