१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो

२३ भाद्र २०८१, आईतवार ०२:५६

भदौ २३, काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरलाई अन्तरिक्ष स्टेशनमा लैजाने यान ३ महिनापछि सुरक्षित रूपमा पृथ्वीमा अवतरण भएको छ ।

यसको अवतरण ३ वटा ठूला प्यारासुट र एयरब्यागको सहयोगमा भएको थियो । नासाका अनुसार अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट पृथ्वीमा पुग्न करिब ६ घण्टा लागेको थियो ।

स्टारलाइनरको यान अमेरिकाको न्यू मेक्सिकोको ह्वाइट स्यान्ड स्पेस हार्बर (मरुभूमि) मा अवतरण भएको थियो ।

बोइङ कम्पनीले नासाका लागि यो अन्तरिक्ष यान बनाएको हो । जुन ५ मा सुनिता र बुचलाई आईएसएसमा पठाइएको थियो । यो केवल ८ दिनको मिसन थियो, तर यसको सुरक्षित फिर्तीमा समस्या आएपछि सुनिता र बुचलाई आईएसएसमै छोडेर यो यान पृथ्वीमा फर्किएको छ ।

अन्तरिक्ष यानमा हिलियम ग्यास चुहावट भएको जानकारी आएको थियो । नासाले अगस्ट २४ मा स्टारलाइनरमा सुरक्षा समस्याका कारण बुच र सुनितालाई पृथ्वीमा फिर्ता ल्याउन नसकिने बताएको थियो ।

अब सुनिता र बुचलाई एलोन मस्कको कम्पनी स्पेसएक्सको क्रू ड्र्यागन स्पेसक्राफ्टले आगामी फेब्रुअरीमा मात्र फिर्ता ल्याइने बताइएको छ । नासाले भने अन्तरिक्ष यानमा भएको खराबी बारे नासा र बोइङबीचको संयुक्त टिमले अनुसन्धान गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का