२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चाडपर्वको मुखमा काम खोज्दै विदेशिए ५७ हजार नेपाली: युएई प्रमुख श्रम गन्तव्य, मलेसियामा गिरावट

२०८१, ९ आश्विन बुधबार ०९:२५

असोज ९, काठमाडौँ । दशैं-तिहार जस्ता प्रमुख नेपाली चाडपर्व नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छैन। भदौ महिनामा मात्र ५७ हजार ४९३ जना नेपाली विदेशिएका छन्, जसमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन्।

तथ्याङ्क अनुसार, भदौमा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली बिदेसिएका छन्, जबकि १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यस क्रममा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला समावेश छन्।

म्यानपावर कम्पनीमार्फत २९ हजार ५२८ जनाले विदेशको यात्रा गरेका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जनाले बिदेश गएका छन्। जीटुजी (सरकारी सम्झौतामार्फत) भने एक हजार ३ जना गएका छन्।


भदौ महिनामा सबैभन्दा बढी नेपाली युएईमा पुगेका छन्, जहाँ १८ हजार ६०५ जनाले यात्रा गरेका छन्। अन्य गन्तव्यहरूमा कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५, कुवेतमा ४ हजार २१५ र रोमानियामा १ हजार ८८८ नेपाली पुगेका छन्।

सबैभन्दा धेरै यूएईमा १८ हजार ६०५ नेपाली पुगेका छन्, जबकि साउदी अरेबिया र कतारमा क्रमशः १० हजार ८३५ र ११ हजार २९१ नेपाली गएका छन्। कुवेतमा ४ हजार २१५ श्रमिक पुगेका छन् भने युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै श्रमिक गएका छन् । भदौमा रोमनियामा युरोप राष्ट्र रोमनिया एक हजार ८८८ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै क्रोएसियामा ७०९, साइप्रस ६ सय १२, माल्टामा २८२ जना गएको विभागको तथ्याङ छ । त्यस्तै जापानमा एक हजार ४५६ र दक्षिण कोरियामा एक हजार १०६ श्रमिक रोजगारीका लागि गएका छन् ।

तर, मलेसिया जाने श्रमिकमा भने उल्लेखनीय गिरावट आएको छ। भदौमा मलेसियामा १ हजार १९३ जना मात्र गएका छन्, जुन अघिल्लो वर्षको तुलनामा धेरै कम हो। यो गिरावट मलेसियाले मार्चमा आप्रवासी कटौती गर्ने निर्णय गरेपछि आएको हो।

भदौमा सबैभन्दा धेरै धुनषाबाट वैदेशिक रोजगारीमा गएका छन् । भदौमा धनुषाबाट ३ हजार ३६०, सिराहबाट २ हजार ६४४, झापाबाट २ हजार ५७५, मोरङमा २ हजार ४००, महोत्तरी २ हजार ३६०, सुनसरी २ हजार ५७ जना वैदेशिक रोजगारीमा गएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से