२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चाडपर्वको मुखमा काम खोज्दै विदेशिए ५७ हजार नेपाली: युएई प्रमुख श्रम गन्तव्य, मलेसियामा गिरावट

९ आश्विन २०८१, बुधबार ०९:२५

असोज ९, काठमाडौँ । दशैं-तिहार जस्ता प्रमुख नेपाली चाडपर्व नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छैन। भदौ महिनामा मात्र ५७ हजार ४९३ जना नेपाली विदेशिएका छन्, जसमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन्।

तथ्याङ्क अनुसार, भदौमा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली बिदेसिएका छन्, जबकि १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यस क्रममा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला समावेश छन्।

म्यानपावर कम्पनीमार्फत २९ हजार ५२८ जनाले विदेशको यात्रा गरेका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जनाले बिदेश गएका छन्। जीटुजी (सरकारी सम्झौतामार्फत) भने एक हजार ३ जना गएका छन्।


भदौ महिनामा सबैभन्दा बढी नेपाली युएईमा पुगेका छन्, जहाँ १८ हजार ६०५ जनाले यात्रा गरेका छन्। अन्य गन्तव्यहरूमा कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५, कुवेतमा ४ हजार २१५ र रोमानियामा १ हजार ८८८ नेपाली पुगेका छन्।

सबैभन्दा धेरै यूएईमा १८ हजार ६०५ नेपाली पुगेका छन्, जबकि साउदी अरेबिया र कतारमा क्रमशः १० हजार ८३५ र ११ हजार २९१ नेपाली गएका छन्। कुवेतमा ४ हजार २१५ श्रमिक पुगेका छन् भने युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै श्रमिक गएका छन् । भदौमा रोमनियामा युरोप राष्ट्र रोमनिया एक हजार ८८८ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै क्रोएसियामा ७०९, साइप्रस ६ सय १२, माल्टामा २८२ जना गएको विभागको तथ्याङ छ । त्यस्तै जापानमा एक हजार ४५६ र दक्षिण कोरियामा एक हजार १०६ श्रमिक रोजगारीका लागि गएका छन् ।

तर, मलेसिया जाने श्रमिकमा भने उल्लेखनीय गिरावट आएको छ। भदौमा मलेसियामा १ हजार १९३ जना मात्र गएका छन्, जुन अघिल्लो वर्षको तुलनामा धेरै कम हो। यो गिरावट मलेसियाले मार्चमा आप्रवासी कटौती गर्ने निर्णय गरेपछि आएको हो।

भदौमा सबैभन्दा धेरै धुनषाबाट वैदेशिक रोजगारीमा गएका छन् । भदौमा धनुषाबाट ३ हजार ३६०, सिराहबाट २ हजार ६४४, झापाबाट २ हजार ५७५, मोरङमा २ हजार ४००, महोत्तरी २ हजार ३६०, सुनसरी २ हजार ५७ जना वैदेशिक रोजगारीमा गएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा