२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदी अरेबियाद्वारा १२ हजार गैरकानुनी कामदारलाई देश निकाला

११ आश्विन २०८१, शुक्रबार ०६:११

असोज ११, काठमाडौँ । साउदी अरेबियाले गैरकानुनी रूपमा बसेका विदेशीहरूविरुद्ध राष्ट्रव्यापी बन्दाबन्दीका बीचमा १२ हजार १ सय १ जना आप्रवासीलाई देश निकाला गरेको छ ।

साउदी गृह मन्त्रालयले जारी गरेको साप्ताहिक अपडेटनुसार राज्यको निवास, श्रम र सीमा सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा एक सातामा २२ हजार ७ सय १६ विदेशीलाई पक्राउ गरिएको थियो । सुरक्षा बल र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानमा पक्राउ परेकाहरूमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने १४ हजार ४ सय ४६, सीमा सुरक्षा उल्लंघन गर्ने ४ हजार ७ सय ८० जना र श्रम कानुन उल्लंघन गर्ने ३ हजार ४ सय ९० जना रहेका छन् ।


सिमाना पार गरेर राज्यमा प्रवेश गर्न खोज्दा १ हजार ५ सय १३ जनालाई पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । यस्तै, नियम कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने, आश्रय दिने र रोजगारी दिने १० जनालाई पनि पक्राउ गरिएको छ ।

कुल ६ हजार ७ सय ६५ उल्लंघनकारीलाई यात्रा कागजात लिनका लागि आफ्नो कूटनीतिक नियोगमा पठाइएको छ । २ हजार २ सय ३२ उल्लंघनकारीलाई यात्रा रिजर्भेसन पूरा गर्न पठाइएको र १२ हजार १ सय १ उल्लंघनकारीलाई देश निकाला गरिएको मन्त्रालयले जनाएको छ ।

साउदीमा कानुन उल्लंघन गर्नेलाई १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ । साउदी सरकारले कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको एवं जेल अवधि पूरा गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने जनाइएको छ ।

यसैगरी, साउदीमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ६४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् ।

रियादस्थित दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु