२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदी अरेबियाद्वारा १२ हजार गैरकानुनी कामदारलाई देश निकाला

२०८१, ११ आश्विन शुक्रबार ०६:११

असोज ११, काठमाडौँ । साउदी अरेबियाले गैरकानुनी रूपमा बसेका विदेशीहरूविरुद्ध राष्ट्रव्यापी बन्दाबन्दीका बीचमा १२ हजार १ सय १ जना आप्रवासीलाई देश निकाला गरेको छ ।

साउदी गृह मन्त्रालयले जारी गरेको साप्ताहिक अपडेटनुसार राज्यको निवास, श्रम र सीमा सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा एक सातामा २२ हजार ७ सय १६ विदेशीलाई पक्राउ गरिएको थियो । सुरक्षा बल र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानमा पक्राउ परेकाहरूमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने १४ हजार ४ सय ४६, सीमा सुरक्षा उल्लंघन गर्ने ४ हजार ७ सय ८० जना र श्रम कानुन उल्लंघन गर्ने ३ हजार ४ सय ९० जना रहेका छन् ।


सिमाना पार गरेर राज्यमा प्रवेश गर्न खोज्दा १ हजार ५ सय १३ जनालाई पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । यस्तै, नियम कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने, आश्रय दिने र रोजगारी दिने १० जनालाई पनि पक्राउ गरिएको छ ।

कुल ६ हजार ७ सय ६५ उल्लंघनकारीलाई यात्रा कागजात लिनका लागि आफ्नो कूटनीतिक नियोगमा पठाइएको छ । २ हजार २ सय ३२ उल्लंघनकारीलाई यात्रा रिजर्भेसन पूरा गर्न पठाइएको र १२ हजार १ सय १ उल्लंघनकारीलाई देश निकाला गरिएको मन्त्रालयले जनाएको छ ।

साउदीमा कानुन उल्लंघन गर्नेलाई १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ । साउदी सरकारले कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको एवं जेल अवधि पूरा गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने जनाइएको छ ।

यसैगरी, साउदीमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ६४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् ।

रियादस्थित दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से