२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

२०८१, ११ आश्विन शुक्रबार ०८:४६

असोज ११, काठमाडौँ । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । डुबेको पनडुब्बी झाओ वर्गको थियो र आणविक शक्तिबाट चलेको थियो । घटना गत मे वा जुन महिनामा भएको भएपनि यसको जानकारी अहिले मात्रै बाहिर आएको छ । 

धेरै अमेरिकी अधिकारीहरूले पनि पनडुब्बी डुबेको दाबी गरेका छन् । तर, चीनले यो कुराको पुष्टि भने गरेको छैन । वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे र आफूलाई यससँग सम्बन्धित कुनै जानकारी नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । 


मागत र्च १० मा, म्याक्सर टेक्नोलोजीको एक स्याटेलाइट छविले वुहान नजिकैको शिपयार्डमा झोउ-क्लास पनडुब्बी देखाएको थियो । यो पनडुब्बी यसको लामो पुच्छरद्वारा चिनिन्छ । यसपछि मे १६ मा प्लानेट ल्याब्सको स्याटेलाइट छविमा पनि देखियो । जुनको अन्त्यमा फेरि फोटो खिचियो, जसमा यो देखिएन । 

स्याटेलाइट छविहरूमा अनुसन्धान गर्ने टम शुगार्टले पहिलो पटक यो जानकारी दिए । शुगार्टले सुरुमा आफूले पनडुब्बी डुबेको हुनसक्ने अनुमान गरे पनि पछि यो चीनको आणविक शक्तिबाट चल्ने पनडुब्बी भएको थाहा भयो । उनले भने- '

स्यान डिएगोमा एउटा अमेरिकी आणविक पनडुब्बी डुब्यो र सरकारले यसलाई दबाएर कसैलाई यसबारे केही बताएन भने के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? यो सम्भव छैन ।'

वाल स्ट्रिट जर्नलले पनडुब्बीलाई बचाइएको दाबी गरेको छ तर यसलाई फेरि सञ्चालनमा आउन केही महिना लाग्न सक्ने अनुमान गरिएको छ । पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले पनि यो घटनाको पुष्टि गरेको छैन । 

अमेरिकी अधिकारीले यो डुबेको कारण थाहा नभएको बताए । डुब्दा त्यसमा आणविक इन्धन थियो कि थिएन भन्ने बारे स्पष्ट नभएको बताइएको छ । यस दुर्घटनामा मानवीय क्षति भएको हो वा नभएको खुल्न सकेको छैन ।

यसअघि गत वर्ष अगस्टमा पनि चिनियाँ आणविक पनडुब्बीमा ५५ सैनिकको मृत्यु भएको दाबी गरिएको थियो । चिनियाँ पनडुब्बी पहेँलो सागरमा एउटा ब्यारियरसँग ठोक्किएपछि त्यसको अक्सिजन प्रणाली फेल भएको थियो । यसपछि निसास्सिएर सैनिकको मृत्यु भएको खबर आएको थियो । यद्यपि चिनियाँ अधिकारीहरूले कुनै दुर्घटना भएको अस्वीकार गरेका थिए । 

चीनले सबैभन्दा धेरै आणविक पनडुब्बी बनाउने तयारी गरिरहेको छ । चाइना मिलिटरी पावर रिपोर्ट २०२३ अनुसार चीनसँग ६ आणविक इन्धन ब्यालिस्टिक मिसाइल पनडुब्बी, ६ आणविक इन्धन आक्रमण पनडुब्बी र ४८ डिजेल आक्रमण पनडुब्बी छन् । त्यहाँ दुई प्रकारका परमाणु पनडुब्बीहरू छन् । ब्यालिस्टिक मिसाइल पनडुब्बी र आक्रमण पनडुब्बी । ब्यालेस्टिक मिसाइल पनडुब्बी बढी शक्तिशाली रहेको बताइएको छ । 

योसँगै अमेरिकासँग ५३ द्रुत आक्रमण पनडुब्बी, १४ ब्यालेस्टिक मिसाइल पनडुब्बी र चार गाईडेड मिसाइल पनडुब्बी छन् । अमेरिकाको सम्पूर्ण पनडुब्बी बेडा परमाणु ऊर्जामा चल्छ । 

चीनले आफ्नो पनडुब्बीको संख्या २०२५ सम्ममा ६५ र २०३५ सम्ममा ८० पुर्याउन चाहन्छ । चीनसँग पहिले नै ३७० भन्दा बढी जहाजहरू भएको विश्वको सबैभन्दा ठूलो नौसेना छ ।  चीनले अब परमाणु इन्धन जलाउने आक्रमणकारी पनडुब्बीको नयाँ पुस्ताको उत्पादन समेत सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला