२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

११ आश्विन २०८१, शुक्रबार ०८:४६

असोज ११, काठमाडौँ । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । डुबेको पनडुब्बी झाओ वर्गको थियो र आणविक शक्तिबाट चलेको थियो । घटना गत मे वा जुन महिनामा भएको भएपनि यसको जानकारी अहिले मात्रै बाहिर आएको छ । 

धेरै अमेरिकी अधिकारीहरूले पनि पनडुब्बी डुबेको दाबी गरेका छन् । तर, चीनले यो कुराको पुष्टि भने गरेको छैन । वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे र आफूलाई यससँग सम्बन्धित कुनै जानकारी नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । 


मागत र्च १० मा, म्याक्सर टेक्नोलोजीको एक स्याटेलाइट छविले वुहान नजिकैको शिपयार्डमा झोउ-क्लास पनडुब्बी देखाएको थियो । यो पनडुब्बी यसको लामो पुच्छरद्वारा चिनिन्छ । यसपछि मे १६ मा प्लानेट ल्याब्सको स्याटेलाइट छविमा पनि देखियो । जुनको अन्त्यमा फेरि फोटो खिचियो, जसमा यो देखिएन । 

स्याटेलाइट छविहरूमा अनुसन्धान गर्ने टम शुगार्टले पहिलो पटक यो जानकारी दिए । शुगार्टले सुरुमा आफूले पनडुब्बी डुबेको हुनसक्ने अनुमान गरे पनि पछि यो चीनको आणविक शक्तिबाट चल्ने पनडुब्बी भएको थाहा भयो । उनले भने- '

स्यान डिएगोमा एउटा अमेरिकी आणविक पनडुब्बी डुब्यो र सरकारले यसलाई दबाएर कसैलाई यसबारे केही बताएन भने के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? यो सम्भव छैन ।'

वाल स्ट्रिट जर्नलले पनडुब्बीलाई बचाइएको दाबी गरेको छ तर यसलाई फेरि सञ्चालनमा आउन केही महिना लाग्न सक्ने अनुमान गरिएको छ । पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले पनि यो घटनाको पुष्टि गरेको छैन । 

अमेरिकी अधिकारीले यो डुबेको कारण थाहा नभएको बताए । डुब्दा त्यसमा आणविक इन्धन थियो कि थिएन भन्ने बारे स्पष्ट नभएको बताइएको छ । यस दुर्घटनामा मानवीय क्षति भएको हो वा नभएको खुल्न सकेको छैन ।

यसअघि गत वर्ष अगस्टमा पनि चिनियाँ आणविक पनडुब्बीमा ५५ सैनिकको मृत्यु भएको दाबी गरिएको थियो । चिनियाँ पनडुब्बी पहेँलो सागरमा एउटा ब्यारियरसँग ठोक्किएपछि त्यसको अक्सिजन प्रणाली फेल भएको थियो । यसपछि निसास्सिएर सैनिकको मृत्यु भएको खबर आएको थियो । यद्यपि चिनियाँ अधिकारीहरूले कुनै दुर्घटना भएको अस्वीकार गरेका थिए । 

चीनले सबैभन्दा धेरै आणविक पनडुब्बी बनाउने तयारी गरिरहेको छ । चाइना मिलिटरी पावर रिपोर्ट २०२३ अनुसार चीनसँग ६ आणविक इन्धन ब्यालिस्टिक मिसाइल पनडुब्बी, ६ आणविक इन्धन आक्रमण पनडुब्बी र ४८ डिजेल आक्रमण पनडुब्बी छन् । त्यहाँ दुई प्रकारका परमाणु पनडुब्बीहरू छन् । ब्यालिस्टिक मिसाइल पनडुब्बी र आक्रमण पनडुब्बी । ब्यालेस्टिक मिसाइल पनडुब्बी बढी शक्तिशाली रहेको बताइएको छ । 

योसँगै अमेरिकासँग ५३ द्रुत आक्रमण पनडुब्बी, १४ ब्यालेस्टिक मिसाइल पनडुब्बी र चार गाईडेड मिसाइल पनडुब्बी छन् । अमेरिकाको सम्पूर्ण पनडुब्बी बेडा परमाणु ऊर्जामा चल्छ । 

चीनले आफ्नो पनडुब्बीको संख्या २०२५ सम्ममा ६५ र २०३५ सम्ममा ८० पुर्याउन चाहन्छ । चीनसँग पहिले नै ३७० भन्दा बढी जहाजहरू भएको विश्वको सबैभन्दा ठूलो नौसेना छ ।  चीनले अब परमाणु इन्धन जलाउने आक्रमणकारी पनडुब्बीको नयाँ पुस्ताको उत्पादन समेत सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु