मङ्सिर २६, अमेरिका । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २६, अमेरिका । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीम"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम राखिएको भनिएको अमेरिकाको विमान सकुशल अवतरण

२६ मंसिर २०७३, आईतवार ०८:२८

मङ्सिर २६, अमेरिका । संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीमा सकुशल अवतरण गरेको स्थानीय बोस्टन ग्लोब समाचारपत्रले उल्लेख गरेको छ । 

ओक्लाहोमा सिटीमा आइतबार आयोजना हुन गै रहेको “थन्डर” नामक खेलमा सहभागी हुन खेलाडीको टिम र कार्यकारीहरु चढेको उक्त विमान प्राइभेट चार्टर उडानमा म्यासाच्युसेट्स राज्यको बेडफोर्ड बिमानस्थलबाट ओक्लाहोमा सिटीका लागि शनिबार बेलुकीपख प्रस्थान गरेको थियो । 

विमानमा बम राखिएको भनी विमान उडिरहेकै अवस्थामा कसैले चलाइ दिएको हल्ला चालक दल र टिमका केही कार्यकारीहरुको मात्र जानकारीमा रहेको थियो । 

खेलाडीहरु भयभीत हुन नपाउन भनी अरु कसैलाई पनि थाहा दिइएको थिएन । अन्ततः विमान विल रोजर्स विमानस्थलमा बेलुका पाँच बजे सकुशल अवतरण ग¥यो । 

विमान अवतरण भएपछि मात्र बम राखेको भनिएको हल्ला सबै यात्रुलाई जानकारी गराइएपछि दौडादौड मच्चिन गयो । विमानस्थल अधिकारीहरुले विमानमा राखिएका सबै ब्यागेज, सरसामान नियन्त्रणमा लिई यात्रुहरुलाई मात्र बाहिर निस्कने अनुमति दिए । 

पछि, अमेरिकी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई), ओक्लाहोमा सिटी फिल्ड अफिसका सम्बन्धित अधिकारीहरु आई शनिबार राति विमानभित्र सबैतिर सम्पूर्ण जाँच गर्दा कहिँ कतै पनि बम वा विस्फोटक पदार्थ फेला परेन । 

बम राखिएको हल्ला कुन बदमासले कहाँबाट फैलाएको हो यसबारे एफबिआईले थप अनुसन्धान गरिरहेको पनि बोस्टन ग्लोबले जनाएको छ । रासस/एपी 

(फाइल तश्विर) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु