पुस ४, पेरिस | सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, पेरिस | सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ । 
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए

४ पुष २०७३, सोमबार १३:४७

पुस ४, पेरिस | सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ । 

यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन्, भने अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौ जना र इराकमा पाँचजना भएका विश्व सञ्चार स्वतन्त्रता समूह (पे्रस फ्रिड्म ग्रुप) ले जानकारी दिएको छ । मारिएका पत्रकार प्रायःजसो स्थानीय नै भएका बताइएको छ । 

सन् २०१५ मा ६७ जना पत्रकार मारिएका तुलनामा भने २०१६ मा यो सङ्ख्या केही कम भएको पनि सो समूहले जानकारी दिएको छ । विशेषगरी सिरिया, इराक, लिबिया, यमन, अफगानिस्तान र बुरुन्डी जस्ता सदाकाल युद्धग्रस्त र समाचार सङ्कलन गर्नका लागि अत्यन्तै जोखिमयुक्त देशमा गएका पत्रकार त्यहाँबाट पलायन भएका हुनाले पनि यो सङ्ख्यामा कमी आएको सो समूहले बताएको छ । 

त्यस्तै आठजना सञ्चारकर्मी र नौजना इन्टरनेट सूचना समसामयिकिकरण गर्ने व्यवसायी (ब्लगर) हरु पनि सन् २०१५ मै मारिएका छन् । 

“जहाँ दण्डहिनताले राज्य गरिरहेको हुन्छ, त्यहाँबाट पत्रकारहरु फिर्ता हुनुपर्छ र त्यहीँ नै सत्य समाचार र सूचनामाथि काला छिद्रहरु छरपष्ट भइरहेका हुन्छन्” रिपोर्टर्स् बिदाउट बोर्डर्सले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । 

अफगानिस्तानमा मारिएका १० पत्रकार उनको व्यवसायलाई लक्षित गरी मारिएका थिए । सन् २०१६ को जनवरीमा निजी टेलिभिजन च्यानल टोलोले भाडामा लिई प्रयोग गरेको मिनी बसमा आत्मघाती आक्रमणमा तीन महिलासहित सात व्यक्ति मारिएका थिए । यस आक्रमणको जिम्मेवारी तालिवान आतङ्ककारी समूहले लिएको थियो । 

यमनमा सरकारी सेना र साउदी अरेबियाको समर्थन प्राप्त सशस्त्र बलले हुथी विद्रोहीविरुद्ध गरेको युद्धको कारण सन् २०१५ देखि सात हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने अर्को तर्फ पाँच पत्रकारको दिनदाहाडै हत्या गरिनाले पत्रकारले यमनलाई एक “कालो क्षेत्र– ब्ल्याक स्पट” का रुपमा हेर्छन् । 

पत्रकाको संरक्षणका लागि विशेष सुरक्षा प्रतिनिधिको बन्दोबस्त गरिदिनसंयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव आन्टोनियो गुटेर्रेससँग पे्रस फ्रिड्म ग्रुपले आह्वान गरेको छ । रासस/एएफपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह