पुस ८ , काठमाडौं । ११८ जना यात्रू सहित अपहरणमा परेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० का सबै यात्रूहरु समुशल रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८ , काठमाडौं । ११८ जना यात्रू सहित अपहरणमा परेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० का सबै यात्रूहरु समुशल रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छ"/>
२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिबियाली विमान अपहरणः अपहरणकारीद्वारा आत्मसमर्पण

२०७३, ८ पुष शुक्रबार १५:३५

पुस ८ , काठमाडौं । ११८ जना यात्रू सहित अपहरणमा परेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० का सबै यात्रूहरु समुशल रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । साथै दुई अपहरणकारीले माल्टा प्रहरीसामू आत्मसमर्पण गरेका छन् । 

विमान लिवियाको साभाबाट त्रिपोलीका लागि प्रस्तान भएपनि यसमा सवार दुई यात्रुले ग्रिनेड हातमा लिई आफुले भनेको ठाउँमा विमान अवतरण नगराए विमानभित्र विस्फोट गराउने धम्की दिएपछी अपहरणकारीकै निर्देशन अनुसार उक्त बिमान माल्टा पुर्याइएको थियो । तर, अवतरण लगतै सुरक्षाफौजले विमानलाई घेरा हालेका थिए । माल्टा सरकारले अपहरणकारीसँग वार्ता गर्यो । त्यसैक्रममा अपहरणकारीले यात्रुहरुलाई क्रमशः रिहा गरेको भिडियो समेत संचारमाध्यमहरुले लाइभ प्रसारण गरेका थियो । 

अपहरणकारीले माल्टा सरकारसँग के माग राखे र के सहमतिमा बिमान र अपहरणमा परेको बिमान मुक्त भयो भन्ने बारे भने बाहिर ल्याइएको छैन । तर, केही चालक दलका सदस्य र हातमा ग्रिनेड बोकेका अपहरणकारी निकै बेर विमानमै रहे । तर, अन्ततः चालक दलका सदस्यसँगै अपहरणकारी विमानबाट उत्रिए ।

अपहरणकारीले आत्मसमर्पण गरेको र उनीहरुलाई हिरासतमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटलले बताएका छन् । अब उनीहरुलाई राजधानी लगिँदैछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा