पुस ११, काठमाडौं । पराम्परागत रुपमै अति घनिष्ट सम्बन्ध रहेको मित्रराष्ट्र अमेरिकासँग इजरायल रुष्ट बनेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, काठमाडौं । पराम्परागत रुपमै अति घनिष्ट सम्बन्ध रहेको मित्रराष्ट्र अमेरिकासँग इजरायल रुष्ट बनेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सी"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलको अमेरिकासँगको सम्बन्ध चिसियो

११ पुष २०७३, सोमबार ११:४५

पुस ११, काठमाडौं । पराम्परागत रुपमै अति घनिष्ट सम्बन्ध रहेको मित्रराष्ट्र अमेरिकासँग इजरायल रुष्ट बनेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सीमामा अवैध इजरायली बस्ती हटाउने प्रस्ताव पारित गरेपछि अमेरिका र इजरायलबीचको सम्बन्ध थप चिसिएको हो । 

प्रस्ताव पारित हुन नदिन अमेरिकाले भिटो प्रयोग नगरी मतदानमा समेत अनुपस्थित भएको आरोप इजरायलले लगाएको छ । अमेरिकाको ब्यबहारबाट रिसाएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राजदूत डेन शापिरोलाई अत्प्रयाशित रुपमा आफ्नो कार्यालयमा बोलाएका छन् । 

विदेशमन्त्री समेत रहेका नेतन्याहुले शुक्रवार प्रस्तावको पक्षमा मतदान गरेका राष्ट्रका राजदूतहरुलाई यसअघि नै कार्यालयमा बोलाइसकेका छन् । इजरायलले प्रस्ताव पारित हुनु लज्जास्पद भन्दै राष्ट्रसंघसँगको सम्बन्धको समीक्षा गर्ने बताइसकेको छ । नेतन्याहुले ओबामा प्रशासनप्रति आक्रोश पोख्दै एउटा मित्रले अर्को मित्रलाई सुरक्षा परिषद्मा नधकेल्ने बताए ।

अमेरिका र इजरायल परम्परागत मित्र राष्ट्रका रुपमा हेर्ने गरिन्छ । सन् १९६७ मा इजरायलले पश्चिम किनारा र पूर्वी जेरुसेलम प्यालेस्टाइनबाट नियन्त्रणमा लिएको थियो । त्यसबेला देखि यि दुई क्षेत्रमा एक सय ४० बस्तीमा पाँच लाख यहुदी बस्दै आएका छन् । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह