पुस १३, काठमाडौँ | अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्पको ‘महिलाको यौनांगमा समाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण निकै विवादमा तानिए । सोही अभिव्यक्ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १३, काठमाडौँ | अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्पको ‘महिलाको यौनांगमा समाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण निकै विवादमा तानिए । सोही अभिव्यक्ति"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोनाल्ड ट्रम्पलाई विश्वभरबाट महिलाको योनी उपहार

१३ पुष २०७३, बुधबार ०४:५९

पुस १३, काठमाडौँ | अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्पको ‘महिलाको यौनांगमा समाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण निकै विवादमा तानिए । सोही अभिव्यक्तिका कारण उनले चुनाव हार्ने आँकलन पनि गरियो । तर सबै अनुमानलाई गलत सावित गर्दै उनले चुनाव जिते ।

राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्ने तयारीमा रहेका डोनाल्ड ट्रम्पले अनौठो उपहार प्राप्त गर्दैछन् । विश्वभरका मानिसहरुले ट्रम्पलाई अब योनी उपहार पठाउन सक्नेछन् ।

अमेरिकाको एक समलिंगी स्कुलका जोडी जुल्स र गेबले सेन्ड ट्रम्प पुस्सी नामक गैरनाफामूलक वेबसाइट खोलेका छन्, जसबाट विश्वका जोसुकै मानिसले सिधै ट्रम्पलाई योनी उपहार पठाउन सक्नेछन् ।

वास्तवमा त्यो महिला यौनांगको आकार तथा रंगसँग ठ्याक्कै मिल्ने ललिपप हुनेछ । उक्त वेबसाइटलाई ३ दशमलव ९९ डलर तिरेर अर्डर गरेपछि गेब र जुल्सले सिधै ती योनीस्वरुपका ललिपपहरु न्युयोर्कस्थित ट्रम्पको मुख्यालयमा पठाइदिनेछन् ।

ट्रम्पलाई यौनांग उपहार पठाउने यो अभियानको एउटा उद्देश्य छ । यसमार्फत उनीहरु अमेरिकी राष्ट्रपति चुनावको परिणामबाट असन्तुष्ट हुने धेरै मानिसहरु छन् भन्ने कुरा ट्रम्पलाई जानकारी गराउन चाहन्छन् । उक्त वेबसाइटमा लेखिएको छ- हामी अमेरिका र ट्रम्पबाट असन्तुष्ट छौँ । समावेशी र महिलाविरोधी नहुने अमेरिकाप्रतिको हाम्रो चाहना कायमै छ भन्ने कुरा ट्रम्पलाई योनी आकारका ललिपप पठाएर व्यक्त गर्न चाहन्छौँ ।

महिलाका मुद्दाहरुमा ट्रम्पको रवैयाप्रति वेबसाइटमा आलोचना गर्दै उनलाई ‘महिला विरोधी सुँगुर’ भनिएको छ । साथै उनले अश्लील पर्खाल खडा गर्न थालेको र उनी पुरुषवादी, जातिवादी रहेको पनि आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह