२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश नीतिमा सम्बन्ध विच्छेद गरेका सात देशलाई कतारी विदेश मन्त्रीको यस्तो चेतावनी

२०७४, २६ जेष्ठ शुक्रबार ०७:३५


जेठ २६, काठमाडौँ कतारका विदेश मन्त्रीले आफ्नो विदेश नीतिमा कसैलाई पनि हस्तक्षेप गर्ने अधिकार नभएको बताएका छन् । 

कतारको विदेश नीतिमा सम्बन्ध विच्छेद गरेका सात देशको हस्तक्षेप मान्य नहुने मन्त्री शेख महम्मद बिन अब्दुलरहमान अल थानीले बताएका हुन् । समस्या समाधानको कुनै सैनिक उपाय नभएको भन्दै उनले कुटनीतिक माध्यमबाट समस्याको समाधानका लागि आफूहरु तयार रहेको बताए । 

कतारले आतंकवादलाई सहयोग गरेको भन्दै मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले सोमबारदेखि कुटनीतिक सम्बन्ध तोडेका छन् । कतारले भने यो आरोपलाई अस्वीकार गरेको छ ।

यस्तै कुवेतका शासक कतारको समस्या समाधानका लागि भन्दै कतार आइपुगेका छन । बुधबार राती कतार आएका उहाँले कतारका विदेश मन्त्रीसँग भेटवार्ता गर्नु भएको छ । कतारका विदेश मन्त्री शेखले शनिबार रुसी विदेश मन्त्रीलाई भेट्न मस्को जाने तयारी गरेको दोहा न्युजले उल्लेख गरेको छ ।

>> बैदेशिक रोजगारीको सबै डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि