जेठ २६, न्होमपेन्ह । कम्बोडियाले श्रीलङ्कामा बाढी पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई १ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने शुक्रबार जानकारी दिइएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २६, न्होमपेन्ह । कम्बोडियाले श्रीलङ्कामा बाढी पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई १ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने शुक्रबार जानकारी दिइएको छ । "/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्बोडियाले श्रीलङ्कालाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

२६ जेष्ठ २०७४, शुक्रबार १२:२२

जेठ २६, न्होमपेन्ह । कम्बोडियाले श्रीलङ्कामा बाढी पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई १ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने शुक्रबार जानकारी दिइएको छ । 

शुक्रबार कम्बोडियाका प्रधानमन्त्री सम्डेच टेचो हुन सेनले आफ्ना समकक्षी रनील विक्रमासिङ्गेलाई पठाउनु भएको सन्देशमा यस प्रकोपको सङ्कटकालीन सहयोग पठाइएको जानकारी दिनुभएको छ । 

साथै उहाँले सो सन्देशमा यस बाढी पहिरोमा ज्यान गुमाउने व्यक्तिको परिवारहरुप्रति समवेदना पनि प्रकट गर्नुभएको छ । 

कम्बोडियाली सरकार र जनताको तर्फबाट यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिका परिवारलाई गहिरो समवेदना प्रकट गरेको पनि उहाँले आफ्नो सन्देशमा बताउनु भएको छ । 

गत मे २६ बाट श्रीलङ्कको पश्चिम र मध्य प्रान्तहरुमा आएको बाढी पहिरोको कारण हालसम्म कम्तीमा २११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ वेपत्ता भएका छन् । 

यस प्रकोपको कारण पाँच लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । साथै बाढी पहिरोबाट नागरिकको भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला