जेठ २६, काठमाडौँ | साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा 'आत्मसमर्पण' नगर्ने जनाएको छ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २६, काठमाडौँ | साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा 'आत्मसमर्पण' नगर्ने जनाएको छ।
"/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा खानाको अभाव हुन थाल्यो, कतार भन्छ ‘अरब राष्ट्रहरुसामु ‘आत्मसमर्पण’ गर्दैनौं’

२०७४, २६ जेष्ठ शुक्रबार १६:३३

जेठ २६, काठमाडौँ | कतारमा खाद्यान्न अभाव हुने डरले अत्याधिक खाद्यान्न माग भएपछी खानाको अभाव हुन थालेको छ । कतारमा खानामा संकट आउने बुझेर खाद्यान्न जोगाउन थालेपछि माग बढेको छ भने आपूर्ति नहुँदा समस्या देखिन थालेको छ ।

यता साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा 'आत्मसमर्पण' नगर्ने जनाएको छ । कतारका लागि विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आफु कुटनैतिक माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा रहेको र विवादको कुनै सैनिक समाधान नरहेको बताएको रोयटर्सले उल्लेख गरेको छ । आफ्नो देश इस्लाम अतिवादीको अगुवा समर्थक रहेको भन्ने आरोपलाई कतारले अस्वीकार गरेको छ ।

बिहीबार दोहामा सम्वाददाताहरुसंग बोल्दै उनले कतारलाई सफल र प्रगतिशील भएका कारण एक्ल्याउन खोजिएको बताए । "हामी शान्ति न कि आतंकवादको मञ्च हौं। यो विवादले पूरै क्षेत्रको स्थिरता खल्बल्याइदिएको छ। तर हामी आफ्नो विदेश नीति आत्मसमर्पण गर्न कहिले तयार हुनेछैनौं," उनले भने। 

खाना तथा पानी आपूर्तिका लागि तीनवटा बन्दरगाह प्रयोग गर्न इरानको आग्रह  

विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीका अनुसार कतारलाई आवश्यक खाना तथा पानी आपूर्तिका निम्ति आफ्नो तीनवटा बन्दरगाह प्रयोग गर्न इरानले भनेको छ । तर उक्त प्रस्ताव स्वीकारि नसकिएको उनले बताए । कतार खानेकुराका निम्ति आयातमा निकै निर्भर छ । संकटका कारण त्यहाँ मानिसले खाना जम्मा गर्ने क्रम बढ्दा अभाव हुन थालेको छ ।

शेख मोहम्मदले कतारले यस्तो अनुभव पहिले कहिल्यै नगरेको बताएका छन् । अतिवादीसँग साँठगाँठ रहेको आरोप लगाउँदै कतारसँग दौत्य सम्बन्ध तोडेका चार अरब देशहरुले कतारसँग जोडिएका ६० भन्दा बढी व्यक्ति र १२ संस्थालाई आफ्ना आतंकवादीको सूचीमा राखेका छन् ।

साउदी अरेबिया, युएई, इजिप्ट र बहरेनले भनेका छन् सूचीमा मुस्लीम ब्रदरहुडका आध्यात्मिक नेता युसेफ अल करादावीको नाम पनि राखिएको छ । यसअघि इजिप्टले कतारले आफ्ना राजपरिवारका सदस्यलाई इराकमा बन्धक बनाइएपछि मुक्त गर्न एक अर्ब डलर फिरौती तिरेको भन्ने आरोपको छानबिन गर्न राष्ट्रसंघीय सुरक्षा परिषदलाई आग्रह गरेको थियो।

कतारको संकट लम्बिए त्यसले आर्थिक प्रभाव पर्ने ठानिएको छ । कुवेतका अमीरले विवादको समाधानका लागि मध्यस्थ गर्ने प्रयास गरेका छन् ।

साथै कतारका विदेश मन्त्री शेख मोहम्मद शनिबार रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभसंग वार्ता गर्न मस्को जान लागेको रुसले बताएको छ । बीबीसीका कुटनीतिक सम्वाददाता जेम्स रबिन्स भन्छन् यो क्षेत्रमा कतारका अमीरले पछ्याएका नीति यहाँका कतिपय कट्टर शासन प्रणाली भएका छिमेकीहरुलाई निको लागेको छैन । खासगरि सुन्नी मुसलमानको शासन भएको शक्तिशाली साउदी अरेबियालाई यो रुचेको छैन ।

कतारी शासकको वेग्लै प्रकारको विदेश नीतिलाई उसले सुन्नी ऐक्यबद्धतामाथि खतरा ठानेको छ किनभने कतारी अमीर र मन्त्रीहरुले सो क्षेत्रको अर्को क्षेत्रीय शक्तिराष्ट्र शिया मुसलमान बहुल इरानसंग वार्ता र सम्बन्ध सुधारका प्रयत्न थालेको उनीहरु ठान्छन् ।

त्यस्ता प्रयत्नबाट साउदी अरेबियाले निकै क्रुद्ध बनेको छ। साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ आफुहरुलाई मिल्ने ठानेको साउदी अरेबियालाई त्यसले यस्ता कदम चाल्न थप मिलेको रबिन्सको विश्लेषण छ।

- बिबिसी नेपाली सेवा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट