जेठ २६, काठमाडौँ | साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा 'आत्मसमर्पण' नगर्ने जनाएको छ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २६, काठमाडौँ | साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा 'आत्मसमर्पण' नगर्ने जनाएको छ।
"/>
१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा खानाको अभाव हुन थाल्यो, कतार भन्छ ‘अरब राष्ट्रहरुसामु ‘आत्मसमर्पण’ गर्दैनौं’

२६ जेष्ठ २०७४, शुक्रबार १६:३३

जेठ २६, काठमाडौँ | कतारमा खाद्यान्न अभाव हुने डरले अत्याधिक खाद्यान्न माग भएपछी खानाको अभाव हुन थालेको छ । कतारमा खानामा संकट आउने बुझेर खाद्यान्न जोगाउन थालेपछि माग बढेको छ भने आपूर्ति नहुँदा समस्या देखिन थालेको छ ।

यता साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा 'आत्मसमर्पण' नगर्ने जनाएको छ । कतारका लागि विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आफु कुटनैतिक माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा रहेको र विवादको कुनै सैनिक समाधान नरहेको बताएको रोयटर्सले उल्लेख गरेको छ । आफ्नो देश इस्लाम अतिवादीको अगुवा समर्थक रहेको भन्ने आरोपलाई कतारले अस्वीकार गरेको छ ।

बिहीबार दोहामा सम्वाददाताहरुसंग बोल्दै उनले कतारलाई सफल र प्रगतिशील भएका कारण एक्ल्याउन खोजिएको बताए । "हामी शान्ति न कि आतंकवादको मञ्च हौं। यो विवादले पूरै क्षेत्रको स्थिरता खल्बल्याइदिएको छ। तर हामी आफ्नो विदेश नीति आत्मसमर्पण गर्न कहिले तयार हुनेछैनौं," उनले भने। 

खाना तथा पानी आपूर्तिका लागि तीनवटा बन्दरगाह प्रयोग गर्न इरानको आग्रह  

विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीका अनुसार कतारलाई आवश्यक खाना तथा पानी आपूर्तिका निम्ति आफ्नो तीनवटा बन्दरगाह प्रयोग गर्न इरानले भनेको छ । तर उक्त प्रस्ताव स्वीकारि नसकिएको उनले बताए । कतार खानेकुराका निम्ति आयातमा निकै निर्भर छ । संकटका कारण त्यहाँ मानिसले खाना जम्मा गर्ने क्रम बढ्दा अभाव हुन थालेको छ ।

शेख मोहम्मदले कतारले यस्तो अनुभव पहिले कहिल्यै नगरेको बताएका छन् । अतिवादीसँग साँठगाँठ रहेको आरोप लगाउँदै कतारसँग दौत्य सम्बन्ध तोडेका चार अरब देशहरुले कतारसँग जोडिएका ६० भन्दा बढी व्यक्ति र १२ संस्थालाई आफ्ना आतंकवादीको सूचीमा राखेका छन् ।

साउदी अरेबिया, युएई, इजिप्ट र बहरेनले भनेका छन् सूचीमा मुस्लीम ब्रदरहुडका आध्यात्मिक नेता युसेफ अल करादावीको नाम पनि राखिएको छ । यसअघि इजिप्टले कतारले आफ्ना राजपरिवारका सदस्यलाई इराकमा बन्धक बनाइएपछि मुक्त गर्न एक अर्ब डलर फिरौती तिरेको भन्ने आरोपको छानबिन गर्न राष्ट्रसंघीय सुरक्षा परिषदलाई आग्रह गरेको थियो।

कतारको संकट लम्बिए त्यसले आर्थिक प्रभाव पर्ने ठानिएको छ । कुवेतका अमीरले विवादको समाधानका लागि मध्यस्थ गर्ने प्रयास गरेका छन् ।

साथै कतारका विदेश मन्त्री शेख मोहम्मद शनिबार रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभसंग वार्ता गर्न मस्को जान लागेको रुसले बताएको छ । बीबीसीका कुटनीतिक सम्वाददाता जेम्स रबिन्स भन्छन् यो क्षेत्रमा कतारका अमीरले पछ्याएका नीति यहाँका कतिपय कट्टर शासन प्रणाली भएका छिमेकीहरुलाई निको लागेको छैन । खासगरि सुन्नी मुसलमानको शासन भएको शक्तिशाली साउदी अरेबियालाई यो रुचेको छैन ।

कतारी शासकको वेग्लै प्रकारको विदेश नीतिलाई उसले सुन्नी ऐक्यबद्धतामाथि खतरा ठानेको छ किनभने कतारी अमीर र मन्त्रीहरुले सो क्षेत्रको अर्को क्षेत्रीय शक्तिराष्ट्र शिया मुसलमान बहुल इरानसंग वार्ता र सम्बन्ध सुधारका प्रयत्न थालेको उनीहरु ठान्छन् ।

त्यस्ता प्रयत्नबाट साउदी अरेबियाले निकै क्रुद्ध बनेको छ। साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ आफुहरुलाई मिल्ने ठानेको साउदी अरेबियालाई त्यसले यस्ता कदम चाल्न थप मिलेको रबिन्सको विश्लेषण छ।

- बिबिसी नेपाली सेवा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक