१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा पहिले भन्दा सस्तोमा टर्कीको दूध र दही, के भन्छन नेपालीहरु ?

२७ जेष्ठ २०७४, शनिबार १७:१९

जेठ २७, काठमाडौँ | कतारले टर्कीबाट बजारमा माग अनुसार दूध, मोही र दही आपुर्ति हुन थालेपछि कतारमा पहिले भन्दा सस्तोमा  दूध, मोही र दही पाउन थालिएको छ । 

यस अघि साउदी अरवमा पूर्ण निर्भर दूध-दहीको बजार टर्कीबाट पुरा हुन थालेपछि कतारीहरुमा उत्साह थपिएको छ । बजारमा चाहिएजति मात्रामा साग/सब्जी/आलु टमाटर तथा आवश्यक खाद्यान्न पाउन थालिएको छ ।

साउदी अरवसँग दूध, मोही र दहीमा भर परेको कतारमा टर्कीको दूध-दही आवश्यक मात्रामा आउन थालेपछि नेपालीहरुमा समेत उत्साह थपिएको छ ।

कतारका बजारमा दूध प्रतिलिटर ५ रियालमा पाउने ब्यवस्था मिलाएको छ । यस अघि कतारमा सबैभन्दा बढी परिणाममा आउने अल्मराई कम्पनीको दुध देखिन छाडेको छ भने नयाँ ब्राण्डका दुध/दहि आउन थालेको कतारबाट धर्मराज कोइरालाले जानकारी दिएका छन ।

सुपरमार्केटहरुमा दूधको कुनै अभाव छैन । वजारमा नयाँ नयाँ ब्रान्डका खाद्यान्यहरु समेत आउन थालेका छन् । टर्कीबाट दुध,दही,लबन लगायतका अन्य दुधजन्य पदार्थ बिहीबार बेलुका नै कतार भित्रीएको थियो र शुक्रबार बिहान देखि सम्पुर्ण मार्केटहरुमा उपलब्ध रहेका छन्।

कतारमा खाद्यान्न अभाव हुन नदिन बिभिन्न कसरत गरिएको छ । कतार एएरवेजमा समेत खाध्य पदार्थ आपूर्ति भएको छ भने लेबनान,अल्जेरिया र टर्कीबाट खाधान्न सामानहरु भित्रिदैछन् I

साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा ‘आत्मसमर्पण’ नगर्ने बताउँदै आएको छ ।


कतारबाट के भन्छन् नेपालीहरु ?  

हामीले कतारमा नाकाबन्दीको समस्याबारे केहि नेपालीहरुमार्फत जानकारी लिने कोसिस गरेका छौं । जसमध्य अधिकांश नेपालीहरुले कतारमा कुनै समस्या नरहेको बताएका छन् । 

कतारबाट अरुण घलेले बताए अनुसार कतारमा नेपाली अनलाइन मिडियामा आएजस्तो तनावपूर्ण स्थिति छैन । स्थिति सामान्य छ । उनले बिभिन्न अनलाइन मिडियालाई इंगित गर्दै भनेका छन् – 'म अनुरोध गर्दछु, नेपाली मिडियाले लेखेजस्तो समस्या यहाँ छैन, म आग्रह गर्न चाहन्छु गलत समाचार पोष्ट नगरौं ।' 

त्यस्तै साकिर हुसैनले हामीलाई दिएको जानकारी अनुसार कतारमा टर्की र इरानको सपोर्ट भएको हुँदा खानको कुनै समस्या छैन । उनले भनेका छन् 'हामीलाई कुनै समस्या छैन । सामानको ब्राण्ड मात्र परिवर्तन भएको छ ।

त्यस्तै सुवास भट्टराईले भनेका छन् – 'अनलाइनहरुले फेक समाचार दिएर लाखौँ नेपालीहरुको परिवारलाई अत्ताउने काम गराएका छन्, कतारमा कुनै समस्या छैन । 

त्यस्तै कतारबाटै स्यांग्जाका अमिर आलेले नेपाललाई व्यंग्य गर्दै भनेका छन् 'कतारमा समस्या छैन । यहाँ नेपालमा जस्तो कालोबजारी हुँदैन, यहाँ जति अभाव भएपनि फिक्स रेट हुन्छ, बजार गयो ल्यायो ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक