जेठ ३१, लन्डन । पश्चिम लन्डनमा अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी हालसम्म ३० जना घाइते भएका छन् । 

सो भवनमा बुधबार बिहानीपख आगो ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, लन्डन । पश्चिम लन्डनमा अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी हालसम्म ३० जना घाइते भएका छन् । 

सो भवनमा बुधबार बिहानीपख आगो ला"/>

२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लन्डनको २७ तले भवनमा भीषण आगलागी

२०७४, ३१ जेष्ठ बुधबार ०७:४५

जेठ ३१, लन्डन । पश्चिम लन्डनमा अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी हालसम्म ३० जना घाइते भएका छन् । 

सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो । २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी घाइते हुनेको संख्या धेरै हुनसक्ने अनुमान गरिएको छ । प्रहरी उद्धार कार्यमा खटिरेको र यसको यकीन हुन नसकिरहेको बताएको छ ।

सो भवनभित्र करिब २०० जनाको बसोबास रही आएको पाइएको छ । प्रहरीले त्यहाँ करिब २०० जना बस्ने गरेको र कैयौँ व्यक्ति थुनिएर रहेको भन्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको जनाएको छ । आगो के कसरी लागेको हो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

बुधबार बिहानीपख सो भवनमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । भवनको करिब २५ औँ तलाबाट आगो निस्किएको देखिएको प्रहरीले जनाएको छ ।आगो लागेको तला भन्दा माथि सेतो कपडा लगाएको एकजना व्यक्तिले उद्धारका लागि सहयोग मागिरहेको जस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

बेलायतमा पछिल्ला केही समययता आतंककारी हमलाको त्रास बढ्दो मात्रामा रहेकाले यस आगलागीलाई पनि आतङ्ककारी हमला त होइन भनी आशंका गरिएको छ । प्रहरीले यस आगलागीमा त्यस्तो कुनै पनि आतङ्ककारी हमलाको प्रयास नभई त्यहाँ प्राविधिक रुपमा मात्र आगो लागेको जनाएको छ । रासस\एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि