२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० दिनमा छिमेकी देशका १३ बुँदे माग पूरा गरे कतार प्रतिबन्ध हट्ने

२०७४, १० असार शनिबार ०७:४४


असार १०, काठमाडौँ । कतारसंग ठूलो विवादमा रहेका खाडी राष्ट्रहरुले सो देश समक्ष आफ्ना मागहरुको एउटा सूची प्रस्तुत गरेका छन् ।

साउदी अरब, युएई र अरु देशहरुले कतारीहरु समक्ष राखेका मागमा कतारको एउटा टेलिभिजन च्यानल अल जजीरालाई बन्द गर्नु पर्ने लगायतका कुराहरु रहेका छन् ।

साथै टर्कीस्थित उक्त देशको सैनिक अखाडा बन्द गर्नुपर्ने र इरानसंगको सम्बन्धको स्तरलाई पनि घटाउनु पर्ने कुरा पनि छन् । ति देशहरुले कतारलाई आतंकवादलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् जस्लाई कतारले खण्डन गरेको छ ।

 साउदी अरब, इजिप्ट, संयुक्त अरब एमिरेट्स् र बहराइनले कतार समक्ष विभिन्न १३ वटा मागहरु प्रस्तुत गरेको बिबिसीले जनाएको छ । त्यो पूरा भएमा मात्र सो देश विरुद्ध लागु प्रतिबन्धहरु हटाइने बताइएको छ ।

एउटा प्रमुख मागमा कतारलाई उस्को टेलिभिजन समाचार च्यानल अल जजीरा बन्द गर्न भनिएको छ । इरानसंगको सम्बन्धको स्तरलाई घटाउन र टर्कीस्थित सैनिक अखाडा बन्द गर्न पनि भनिएको छ । र ति सबै मागहरु १० दिन भित्र पूरा गर्नु पर्नेछ ।

हालै आफ्नो अन्तर्राष्ट्रिय छवि बढाउने प्रयासमा लागेको कतारले आफूले आतंकवादलाई प्रोत्साहन गर्ने नगरेको र अशान्ति फैलाउन पनि नखोजेको जनाएको छ ।

उक्त देश दुईहप्ता भन्दा बढी समयदेखि अभूतपूर्व कुटनीतिक तथा आर्थिक प्रतिबन्धहरुको चेपुवामा परेको छ, जुन खाडी राष्ट्रहरुले दशकौंयता भोग्नु परेको मध्ये सबैभन्दा खराब अवस्था हो ।

आफ्ना छिमेकीहरुले प्रस्तुत गरेका माग सूचीका बारे कतारले तत्काल प्रतिक्रिया जनाएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल