२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० दिनमा छिमेकी देशका १३ बुँदे माग पूरा गरे कतार प्रतिबन्ध हट्ने

१० असार २०७४, शनिबार ०७:४४


असार १०, काठमाडौँ । कतारसंग ठूलो विवादमा रहेका खाडी राष्ट्रहरुले सो देश समक्ष आफ्ना मागहरुको एउटा सूची प्रस्तुत गरेका छन् ।

साउदी अरब, युएई र अरु देशहरुले कतारीहरु समक्ष राखेका मागमा कतारको एउटा टेलिभिजन च्यानल अल जजीरालाई बन्द गर्नु पर्ने लगायतका कुराहरु रहेका छन् ।

साथै टर्कीस्थित उक्त देशको सैनिक अखाडा बन्द गर्नुपर्ने र इरानसंगको सम्बन्धको स्तरलाई पनि घटाउनु पर्ने कुरा पनि छन् । ति देशहरुले कतारलाई आतंकवादलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् जस्लाई कतारले खण्डन गरेको छ ।

 साउदी अरब, इजिप्ट, संयुक्त अरब एमिरेट्स् र बहराइनले कतार समक्ष विभिन्न १३ वटा मागहरु प्रस्तुत गरेको बिबिसीले जनाएको छ । त्यो पूरा भएमा मात्र सो देश विरुद्ध लागु प्रतिबन्धहरु हटाइने बताइएको छ ।

एउटा प्रमुख मागमा कतारलाई उस्को टेलिभिजन समाचार च्यानल अल जजीरा बन्द गर्न भनिएको छ । इरानसंगको सम्बन्धको स्तरलाई घटाउन र टर्कीस्थित सैनिक अखाडा बन्द गर्न पनि भनिएको छ । र ति सबै मागहरु १० दिन भित्र पूरा गर्नु पर्नेछ ।

हालै आफ्नो अन्तर्राष्ट्रिय छवि बढाउने प्रयासमा लागेको कतारले आफूले आतंकवादलाई प्रोत्साहन गर्ने नगरेको र अशान्ति फैलाउन पनि नखोजेको जनाएको छ ।

उक्त देश दुईहप्ता भन्दा बढी समयदेखि अभूतपूर्व कुटनीतिक तथा आर्थिक प्रतिबन्धहरुको चेपुवामा परेको छ, जुन खाडी राष्ट्रहरुले दशकौंयता भोग्नु परेको मध्ये सबैभन्दा खराब अवस्था हो ।

आफ्ना छिमेकीहरुले प्रस्तुत गरेका माग सूचीका बारे कतारले तत्काल प्रतिक्रिया जनाएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला