असार १३, मेक्सिको सिटी । मेक्सिकोमा गत मे महिनामा अपहरणमा परेका एकजना पत्रकार मृत अवस्थामा फेला परेका छन् । 

उनलाई मे महिनाको तेस्रो हप्ता अपहरण गरिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, मेक्सिको सिटी । मेक्सिकोमा गत मे महिनामा अपहरणमा परेका एकजना पत्रकार मृत अवस्थामा फेला परेका छन् । 

उनलाई मे महिनाको तेस्रो हप्ता अपहरण गरिएको"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोमा छ महिनाको अवधिमा छ पत्रकार मारिए

१३ असार २०७४, मंगलवार ०७:१०


असार १३, मेक्सिको सिटी । मेक्सिकोमा गत मे महिनामा अपहरणमा परेका एकजना पत्रकार मृत अवस्थामा फेला परेका छन् । 

उनलाई मे महिनाको तेस्रो हप्ता अपहरण गरिएको थियो । उनी अपहरणमा परेको समाचारपछि प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो । तर प्रहरीले उनको जिवीतै उद्वार गर्न सकेन । 

साल्भादोर आदामे नामका ती पत्रकार मेक्सिकोको एक स्थानीय टेलिभिजनका प्रमुख हुन् । स्थानीय टेलिभिजनमा सुरुमा सम्वाददाता र हाल प्रमुख लगानीकर्ताका रुपमा उनी कार्यरत थिए । 

उनलाई मे १८ मा बन्दुकधारीहरुले आफ्नै कार्यालय नुएबा इटालियाबाट घेरामा हालेर अपहरण गरेका थिए । मुखका माक्स लगाएका बन्दुकधारीले अपहरण गरी लगेका थिए र ती अपहरणकारीको पहिचान खुल्न सकेको थिएन । 

उनी यसबर्ष मेक्सिकोमा हत्या भएका पत्रकारमध्ये छैठौँ हुन् । यसरी यस वर्ष हरेक महिना एकजना पत्रकार मेक्सिकोमा मारिन पुगेका छन् । 

यहाँ सन् २०० यता उनी समेतगरी कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन् । मेक्सिको पत्रकारका लागि विश्वकै एक अति जोेखिमयुक्त देशका रुपमा रहेको छ । 

यसरी मारिएका पत्रकारहरुका हत्याराको खोजी भने हुने गरेको छैन । पत्रकार माथि मेक्सिकोमा ठूलो हत्या हिंसा हुने गरेको भए पनि यसको आवश्यक सुनुवाई भने कुनै पनि निकायबाट हुने गरेको छैन । 

यहाँको र विश्वकै पत्रकारिता र पत्रकारको अधिकारसँग सम्बन्धित निकायहरुका अनुसार पत्रकारका हत्यारालाई मेक्सिकोमा कारबाही नहुनाले नै यहाँको पत्रकारिता व्यवसाय नै जोखिमपूर्ण हुदै गएको छ । 

यी संस्थाहरुद्वारा हालै प्रकाशित एक प्रतिवेदनअनुसार पत्रकार हत्याका कम्तीमा पनि ९० प्रतिशत घटनामा सम्लग्नमाथि कारबाही नै भएको छैन । 

यसरी ९० प्रतिशत हत्यारामाथि नै कारबाही नभएपछि यहाँ दण्डहीनता दिन प्रतिदिन बढेको र पत्रकारहरुमाथि हिंसात्मक हमला हुने गरेको बताइएको छ । 

अदामेको शव जलाइएको अवस्थामा पाइएको थियो । डिएनए परीक्षण पछि शव उनैको भएको पुष्टि प्रहरीले गरेको छ । प्रहरीले उनका हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्ने जनाएको छ । 

मेक्सिकोका पत्रकारहरुले यहाँका राष्ट्रपतिसँग उनीहरुको सुरक्षाको विषयमा ध्यानाकर्षण गराएका थिए । त्यस क्रममा राष्ट्रपतिले पत्रकारको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको सार्वजनिक गरेको दुई दिनपछि मे १८ पत्रकार आदानेको अपहरण भएको थियो । 

रिपोर्टर्स् विदाउट बोर्डरका अनुसार मेक्सिको विश्वमा पत्रकारको हत्या हिंसा हुने देशको उच्च जोखिममा पर्दछ । सो संस्थाका अनुसार पत्रकारमाथि हुने हिंसाको विश्व सूचीमा मेक्सिको तेस्रो स्थानमा पर्दछ । 

विश्वमा पत्रकार मारिने जोखिमको सूचीमा सिरिया पहिलो स्थानमा र अफगानिस्तान दोस्रोमा पर्दछ । सिरियामा पछिल्लो समयमा सरकारका विरुद्धमा सुरु भएको आन्दोलन हिंसा र गृहयुद्धमा परिणत भएको छ । जसले गर्दा यहाँका पत्रकारहरु सरकारी र विद्रोही सेनाको बन्दुकका निशाना बन्नु परेको छ । 

त्यस्तै पत्रकार मारिने विश्वको दोस्रो सूचीमा पर्ने अफगानिस्तानमा पनि तालिबानहरुले पत्रकारलाई तारो बनाउने गरेका छन् । गत बर्षमात्र मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । यसरी यहाँ हरेक महिना एकजना पत्रकारले ज्यान गुमाउने गरेको तथ्याङ्क छन् । 

पत्रकारहरुले यस्ता आक्रमणको विरोधगर्र्दै पत्रकारको सुरक्षाका लागि सरकारसँग बिशेष आग्रह गर्ने गरेका छन् । तर पनि सरकारले भने पत्रकारका हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला