२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनले भन्यो- ‘विदेशी सेना प्रयोग गरेर कतारले खाडी संकट बढायो’

२०७४, १३ असार मंगलवार ०७:२०

असार १३, काठमाडौँ । बहराइनका विदेश मन्त्री शेख खालिद विन अहमेद अल खालिफले कतारले संकट समाधान गर्ने भन्दा पनि विदेशी सेनाको प्रयोग गरेर झनै संकट बढाएको आरोप लगाएका छन् । 

राजनीतिक र सुरक्षाका विषयमा असहमति भएपनि कतारले टर्की सेनाको संख्या थपेर संकट बढाएकाले यसको परिणम कतारले भोग्नुपर्ने उनले बताएका छन् । ‘कतारसँगको हाम्रो असहमती सुरक्षा र राजनीतिक हो, सैन्य हैन,’ विदेश मन्त्री खालिफले भने, ‘विदेशी सेना र उनीहरुको सैन्य सवारीको प्रयोगले कतारले विदेशी सैन्यलाई बढवा दिएको छ यसको परिणाम कतारले भोग्ने छ ।’

तर दुई हप्ता अघि मात्रै उहाँले टर्की सेनाको उपस्थितीले खाडी संकटमा कुनै असर नपर्ने बताएको अल जजिराले उल्लेख गरेको थियो । टर्कीको संसदले नै कतारलाई सेना पठाउन अनुमती दिएको छ । 

टर्की संसदले हजारौ सेना पठाउन अनुमति दिएपनि गएको बिहीबार टर्कीले २३ जना सैनिक र पाँच वटा सैन्य सवारी पठाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । कतारमा पहिलेदेखि नै झण्डै ९० जना भन्दा बढी टर्कीस सैनिक छन् । खाडी संकट पछि टर्कीले कतारलाई विभिन्न सहयोग गर्दै आएको छ ।

तीन हप्ता अघि बहराइन, साउदी, युएई लगायत ९ देशले कतारले आतंकवादलाई सहयोग गरेको भन्दै कुटनैतिक सम्बन्ध तोडेका थिए । सम्बन्ध तोडेपछि बहराइन साउदी, युएईलगायतल सम्बन्ध सुधारका लागि भन्दै १३ बुँदे माग कतारसँग राखेका थिए ।

तर कतारले उनीहरुको माग व्यवहारीक नभएको भन्दै अस्विकार गरेको छ । उनीहरुले लगाएका आरोपको पनि कतारले खण्डन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल