४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर

१९ कार्तिक २०८१, सोमबार १७:०८

 काठमाडौं । पुरातत्वविद्हरूले साउदी अरबमा करिब चार हजार वर्ष पुरानो शहर फेला पारेका छन् ।

साउदीको मरुभूमि क्षेत्रमा लुकेको ४,००० वर्ष पुरानो सुदृढ सहरको खोजले त्यसबेलाको जीवन क्रमशः घुमन्तेबाट शहरी जीवनमा कसरी परिवर्तन हुँदै गइरहेको थियो भन्ने कुरा अनुसन्धानकर्ताहरूको दाबी छ । उत्तरपश्चिम साउदीमा पाइने यो पुरानो सहरको नाम अल-नाताह हो । 

यो सहर लामो समयसम्म खैबरको पर्खालले घेरिएको ओएसिसमा लुकेको थियो । यो खोज पुरातन समयमा पनि यस क्षेत्रमा उन्नत सभ्यताहरू अवस्थित थियो भन्ने प्रमाण हो । यस अध्ययनको विवरण प्लस वन नामको जर्नलमा प्रकाशित भएको छ ।

एक रिपोर्टका अनुसार खैबरको मरुभूमि क्षेत्रमा रहेको यो साइट प्रारम्भिक कांस्य युगमा घुमन्तेदेखि बसोबास गर्ने जीवनशैलीमा आएको परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको छ । फ्रान्सेली पुरातत्वविद् गुइलाउम चार्लक्सको नेतृत्वमा गरिएको अनुसन्धानले ५० भन्दा बढी छुट्टाछुट्टै पुरातन घर र १४.५ किलोमिटर लामो पर्खाल फेला पारेको छ । अब जर्नल पीएलओएस वानमा प्रकाशित एक नयाँ अध्ययनमा, फ्रान्सेली-साउदी अनुसन्धानकर्ताहरूको टोलीले यो पर्खाल र्‍याम्पर्ट शहर नजिकै निर्माण गरिएको बताएको छ ।

अनुसन्धानकर्ताहरू बताउँछन्, त्यो समय ठूलो शहर थियो । यहाँ करिब ५ सय मानिस बस्थे । यो बस्ती २४०० ईसा पूर्व प्रारम्भिक कांस्य युगमा बसोबास गरिएको थियो र लगभग १४०० ईसा पूर्वसम्म बसोबास गरिएको हुन सक्छ । हजार वर्षपछि यो उजाड भयो । यद्यपि यसका बासिन्दाहरूले शहर किन छोडे, कसैलाई थाहा छैन । जब अल-नाताह बनाइएको थियो, भूमध्य सागरको लेभान्ट क्षेत्र, हालको सिरियादेखि जोर्डनसम्म, फस्टाउँदै थियो ।

अन्वेषकहरू भन्छन्- ‘त्यसबेला, उत्तरपश्चिमी अरबलाई बाँझो मरुभूमि मानिन्थ्यो, जहाँ पास्टरल घुमन्तेहरू बस्ने गर्थे र त्यहाँ धेरै चिहानहरू थिए । १५ वर्ष पहिले पुरातत्वविद्हरूले खैबरको उत्तरमा, तैमाको ओएसिसमा कांस्य युगको पर्खाल पत्ता लगाएका थिए । यो पहिलो महत्त्वपूर्ण खोजले वैज्ञानिकहरूलाई यी ओएसहरूलाई नजिकबाट हेर्न प्रेरित गरेको बताइएको छ ।’

बेसाल्ट भनिने कालो ज्वालामुखी चट्टानहरूले अल-नट्टाहको पर्खाललाई पूर्ण रूपमा लुकाएको र यसले साइटलाई अवैध उत्खननबाट जोगाएको अनुसन्धानकर्ता चार्लक्सले बताएका छन् ।

माथिबाट साइट अवलोकन गर्दा सम्भावित मार्गहरू र घरहरूको जगहरू प्रकट भयो, जसले पुरातत्वविद्हरूलाई उत्खनन गर्न आवश्यक ठाउँहरू देखायो । उत्खननमा फेला परेको जगबाट यो कम्तिमा एक वा दुई तले घरका लागि भएको प्रष्ट हुन्छ ।

उनका अनुसार प्रारम्भिक नतिजाले २.६ हेक्टर क्षेत्रको सहरको तस्विर आफ्नै पर्खालले घेरिएको पहाडमा ५० घर रहेको छ । यहाँ भेटिएको कब्रिस्तान भित्रका चिहानहरूमा बन्चरो, खंजर र एगेट ढुङ्गा भेटिएको थियो । जसले धेरै पहिलेको तुलनात्मक रूपमा उन्नत समाजलाई सङ्केत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल