एजेन्सी | पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा आज (शनिबार) विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ । भने विस्फोटमा ४६ जना घाइते भएको बीबीसीले जनाएको छ ।
विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको बताउँदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने पाकिस्तानी प्रहरीले बताए ।
अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समय अनुसार बिहान ८:४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।
पछिल्लो समयमा आतङ्कवादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरू बढाउदै आएको जनाइएको छ ।