४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप

६ मंसिर २०८१, बिहीबार १२:०४

काठमाडौँ | भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकाले २५० मिलियन डलरको ठगी र घूस प्रकरणको आरोप लगाएको छ। न्यूयोर्कमा दायर गरिएको अभियोगअनुसार, अडानीले भारतीय सरकारी अधिकारीहरूलाई ठूला ठेक्का जित्न घूस दिएको र यो प्रकरण लुकाएर अमेरिकी लगानीकर्ता र वित्तीय संस्थाबाट पैसा संकलन गरेको उल्लेख गरिएको छ।

६२ वर्षीय अडानी, जसको व्यापारिक साम्राज्य बन्दरगाह, विमानस्थलदेखि नवीकरणीय ऊर्जा क्षेत्रमा फैलिएको छ, यस घटनाले उनको प्रतिष्ठामा थप आँच पुर्‍याएको छ। अभियोग अनुसार, अडानी र उनका वरिष्ठ कार्यकारीहरूले २० वर्षभित्र २ अर्ब डलरभन्दा बढी नाफा हुने ठेक्काका लागि भारतीय अधिकारीहरूलाई घूस दिन सहमति गरेका थिए।

अडानी समूहले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

२०२३ मा उच्च-प्रोफाइल कम्पनीले अडानी समूहमाथि ठगीको आरोप लगाएको रिपोर्ट सार्वजनिक गरेपछि समूहमाथि शंकाको बादल लागेको थियो। अडानीले ती आरोप अस्वीकार गरे पनि त्यसले बजारमा ठूलो गिरावट ल्यायो।

अमेरिकी अधिकारीहरूले २०२२ मा अडानी समूहमाथि अनुसन्धान सुरु गरेको र अनुसन्धानमा अवरोध पुर्‍याइएको दाबी गरेका छन्। अभियोगमा उल्लेख गरिएअनुसार, अडानी समूहका कार्यकारीहरूले झुटा विवरण दिएर अमेरिकी कम्पनीहरूबाट ३ अर्ब डलर ऋण र बन्ड उठाएका थिए।

अमेरिकी अटर्नी ब्रेओन पीसले भने, “अभियोग अनुसार, प्रतिवादीहरूले ठूला ठेक्काहरू जित्न भारतीय सरकारी अधिकारीहरूलाई घूस दिने र यो प्रकरण लुकाएर अमेरिकी र अन्तर्राष्ट्रिय लगानीकर्ताबाट पूँजी संकलन गर्ने योजनाबद्ध षड्यन्त्र गरेका थिए।”

गौतम अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी मानिन्छन्। उनले आफूले राजनीतिक सम्बन्धको फाइदा उठाएको विपक्षी नेताहरूको आरोपलाई अस्वीकार गर्दै आएका छन्।

यो अभियोग लगाइएको केही समयअघि अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएका थिए। ट्रम्पको जितमा बधाई दिँदै अडानीले अमेरिकामा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेका थिए। -बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की