१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला

९ मंसिर २०८१, आईतवार ०९:३५

मलेसिया । मलेसियास्थित पेट्रोल पम्पहरुले अब बिदेसी कामदार राख्न पाउने भएका छन् । मलेसियाको गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलको निर्णयसंगै पेट्रोल पम्पहरुमा संचालन हुने क्याफे तथा पसलहरूमा सरसफाइ तथा मर्मत-सम्भारको लागि विदेशी कामदारहरू राख्न अनुमति दिने निर्णय गरेको हो ।

सन् १९९५ मा मलेसिया सरकारले मलेसियाका पेट्रोल स्टेसनहरूमा विदेशी कामदारहरूलाई काममा राख्न निषेध गरेको थियो । पेट्रोल स्टेसनहरूले प्राविधिक जनशक्तिलाई आकर्षक तलब दिने गरेका छन् । यसको काममा दक्ष कामदारको आवश्यक हुन्छ । यस्ता काममा मासिक न्यूनतम २ हजार ३१० रिंगेट हुन्छ ।

मानव संशाधनमन्त्री स्टिभन सिमले पेट्रोल स्टेसनमा काम गर्ने विदेशी कामदारहरूलाई सप्लाई कम्पनीले नभई पेट्रोल स्टेसनहरूले नै व्यवस्थापन गर्नुपर्ने बताएका छन् । अवैध कामदारविरुद्ध मलेसिया सरकारले चलाएको अभियानले ४० प्रतिशत विदेशी कामदार रहेको शहरी क्षेत्रका धेरै पेट्रोल स्टेसनहरूलाई असर गरेको छ । पेट्रोल स्टेसनका संचालकहरूले स्थानीयहरूलाईनै काममा लगाउन खोजेका थिए तर काम छाडेर पेट्रोल स्टेसनमा काम गर्न धेरैले रुचि नदेखाएपछि समस्या आएको थियो ।

कामदारको अभावमा सामान्यतया २४ घण्टा चल्ने पेट्रोल स्टेसनहरूले एक चौथाइ समय कटाएर प्रतिदिन १८ घण्टा चलाउँदा राजस्वमा समेत असर गरेपछि सरकारले करिब ३० वर्ष पुरानो निर्णय परिवर्तन गरेको हो ।

बिदेसी कामदार लैजान बन्द गरेपछि मलेसियाका होटलसहित अन्य क्षेत्रमा पनि कामदारको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का