२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला

२०८१, ९ मंसिर आईतवार ०९:३५

मलेसिया । मलेसियास्थित पेट्रोल पम्पहरुले अब बिदेसी कामदार राख्न पाउने भएका छन् । मलेसियाको गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलको निर्णयसंगै पेट्रोल पम्पहरुमा संचालन हुने क्याफे तथा पसलहरूमा सरसफाइ तथा मर्मत-सम्भारको लागि विदेशी कामदारहरू राख्न अनुमति दिने निर्णय गरेको हो ।

सन् १९९५ मा मलेसिया सरकारले मलेसियाका पेट्रोल स्टेसनहरूमा विदेशी कामदारहरूलाई काममा राख्न निषेध गरेको थियो । पेट्रोल स्टेसनहरूले प्राविधिक जनशक्तिलाई आकर्षक तलब दिने गरेका छन् । यसको काममा दक्ष कामदारको आवश्यक हुन्छ । यस्ता काममा मासिक न्यूनतम २ हजार ३१० रिंगेट हुन्छ ।

मानव संशाधनमन्त्री स्टिभन सिमले पेट्रोल स्टेसनमा काम गर्ने विदेशी कामदारहरूलाई सप्लाई कम्पनीले नभई पेट्रोल स्टेसनहरूले नै व्यवस्थापन गर्नुपर्ने बताएका छन् । अवैध कामदारविरुद्ध मलेसिया सरकारले चलाएको अभियानले ४० प्रतिशत विदेशी कामदार रहेको शहरी क्षेत्रका धेरै पेट्रोल स्टेसनहरूलाई असर गरेको छ । पेट्रोल स्टेसनका संचालकहरूले स्थानीयहरूलाईनै काममा लगाउन खोजेका थिए तर काम छाडेर पेट्रोल स्टेसनमा काम गर्न धेरैले रुचि नदेखाएपछि समस्या आएको थियो ।

कामदारको अभावमा सामान्यतया २४ घण्टा चल्ने पेट्रोल स्टेसनहरूले एक चौथाइ समय कटाएर प्रतिदिन १८ घण्टा चलाउँदा राजस्वमा समेत असर गरेपछि सरकारले करिब ३० वर्ष पुरानो निर्णय परिवर्तन गरेको हो ।

बिदेसी कामदार लैजान बन्द गरेपछि मलेसियाका होटलसहित अन्य क्षेत्रमा पनि कामदारको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण