१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु

९ मंसिर २०८१, आईतवार १७:५५

काठमाडौँ | भारतको उत्तर प्रदेशमा गलत जीपीएस नेभिगेसनको कारण कार दुर्घटनामा भएको छ। उक्त दुर्घटनामा तिन जनाको मृत्यु समेत भएको छ। घटना बरेली र बदायूँको सीमामा रहेको रामगंगा नदीमा शनिबार राति भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार, खलपुर–दातागञ्ज सडकमा बरेलीबाट बदायूँतर्फ जाँदै गरेको कार तीव्र गतिमा पुलबाट २५ फिट तल नदीमा खसेको थियो। दुर्घटनामा कार चालकसहित तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरु जीपीएसकाे प्रयाेग गरेर यात्रा गर्दै थिए। इलाका अधिकृत आशुतोष शिवमका अनुसार, यस वर्षको बाढीले पुलको आधा भाग बगाएको थियो, तर जीपीएसमा पुलको स्थिति अद्यावधिक गरिएको थिएन। जीपीएसको निर्देशनअनुसार यात्रा गरिरहेका चालकले पुलको अवस्था थाहा पाउन सकेनन्।

पुलको भत्केको भाग नदेख्दा र तीव्र गतिमा रहेको कारलाई रोक्न नसक्दा उक्त दुःखद घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का