१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर

१३ मंसिर २०८१, बिहीबार १३:०८

चेन्नई | दक्षिण भारतीय अभिनेता धनुषले आफ्नो प्रोडक्सन कम्पनी वन्डरबार फिल्म्समार्फत अभिनेता नयनतारा, उनका पति निर्देशक विग्नेश शिवन, र उनीहरूको कम्पनी रोउडी पिक्चर्सविरुद्ध मद्रास उच्च अदालतमा मुद्दा दायर गरेका छन्। आरोपीहरूले वृत्तचित्रमा धनुषको फिल्म ननुम राउडी धानका केही दृश्यहरु अनुमति नलिइकन प्रयोग गरेको भनेर भनिएको छ ।

एक रिपोर्टका अनुसार धनुषले मुद्दा नेटफ्लिक्समा प्रसारित नयनताराको विवाह सम्बन्धी डकुमेन्ट्री ‘नयनताराः बियोन्ड द फेयरिटेल’ (Nayanthara— Beyond the Fairytale) मा फिल्म ‘नानुम राउडी धान’ (Naanum Rowdy Dhaan) का दृश्य प्रयोग गरिएको भन्दै दायर गराएका हुन्। यस मुद्दामा उच्च अदालतले जवाफ मागेको छ ।

के हो विवादको कारण?

नयनताराले आफ्नो डकुमेन्ट्री ‘नयनताराः बियन्ड द फेयरी टेल’का धनुषको फिल्म ‘नानुम राउडी धान’ को गीत र भिजुअल प्रयोग गर्ने अनुमति मागेकी थिइन् । तर धनुषले अनुमति दिन अस्वीकार गरेका थिए । डकुमेन्ट्रीको ट्रेलर हेरेपछि ३ सेकेन्डको भिजुअल चोरी गरेको भन्दै अभिनेत्रीलाई १० करोड भारुको लिगल नोटिस पठाए । नानुम राउडी धनमा नयनतारा आफैं मुख्य अभिनेत्री थिइन् ।

यसपछि नयनताराले सामाजिक सञ्जालमा खुला पत्र लेख्दै धनुषलाई गाली गरिन् । ‘तिमी आफ्नो बुवा र भाइका कारण सफल अभिनेता बनेका हौं, तर फिल्म उद्योगमा मेरो कोही गडफादर थिएन । तर, तिमी यति तल झर्छाै भनेर मैले कहिले सोचेको थिइनँ ।’

पत्रमा धनुषलाई नयनताराले भनेकी थिइन् । नयनताराले खुला पत्र लेखेपछि धनुषका वकिलले विज्ञप्ति जारी गर्दै नयनतारालाई कानुनी कारबाही गर्ने कुरा गरेका थिए । २४ घण्टाको अल्टिमेटम दिँदै उनले उक्त फुटेज वृत्तचित्रबाट नहटाए १० करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने बताएका थिए ।

यसबाहेक धनुषको कम्पनीले लस गाटोस प्रोडक्सन सर्भिसेज इन्डिया एलएलपीविरुद्ध मुद्दा दायर गर्न अनुमति मागेको थियो, जसलाई अदालतले स्वीकृत गरेको थियो । मद्रास उच्च अदालतले दुवै पक्षको प्रारम्भिक बहस सुनेर नयनतारालाई अर्को सुनुवाइमा जवाफ दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार