२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर

२०८१, १३ मंसिर बिहीबार १३:०८

चेन्नई | दक्षिण भारतीय अभिनेता धनुषले आफ्नो प्रोडक्सन कम्पनी वन्डरबार फिल्म्समार्फत अभिनेता नयनतारा, उनका पति निर्देशक विग्नेश शिवन, र उनीहरूको कम्पनी रोउडी पिक्चर्सविरुद्ध मद्रास उच्च अदालतमा मुद्दा दायर गरेका छन्। आरोपीहरूले वृत्तचित्रमा धनुषको फिल्म ननुम राउडी धानका केही दृश्यहरु अनुमति नलिइकन प्रयोग गरेको भनेर भनिएको छ ।

एक रिपोर्टका अनुसार धनुषले मुद्दा नेटफ्लिक्समा प्रसारित नयनताराको विवाह सम्बन्धी डकुमेन्ट्री ‘नयनताराः बियोन्ड द फेयरिटेल’ (Nayanthara— Beyond the Fairytale) मा फिल्म ‘नानुम राउडी धान’ (Naanum Rowdy Dhaan) का दृश्य प्रयोग गरिएको भन्दै दायर गराएका हुन्। यस मुद्दामा उच्च अदालतले जवाफ मागेको छ ।

के हो विवादको कारण?

नयनताराले आफ्नो डकुमेन्ट्री ‘नयनताराः बियन्ड द फेयरी टेल’का धनुषको फिल्म ‘नानुम राउडी धान’ को गीत र भिजुअल प्रयोग गर्ने अनुमति मागेकी थिइन् । तर धनुषले अनुमति दिन अस्वीकार गरेका थिए । डकुमेन्ट्रीको ट्रेलर हेरेपछि ३ सेकेन्डको भिजुअल चोरी गरेको भन्दै अभिनेत्रीलाई १० करोड भारुको लिगल नोटिस पठाए । नानुम राउडी धनमा नयनतारा आफैं मुख्य अभिनेत्री थिइन् ।

यसपछि नयनताराले सामाजिक सञ्जालमा खुला पत्र लेख्दै धनुषलाई गाली गरिन् । ‘तिमी आफ्नो बुवा र भाइका कारण सफल अभिनेता बनेका हौं, तर फिल्म उद्योगमा मेरो कोही गडफादर थिएन । तर, तिमी यति तल झर्छाै भनेर मैले कहिले सोचेको थिइनँ ।’

पत्रमा धनुषलाई नयनताराले भनेकी थिइन् । नयनताराले खुला पत्र लेखेपछि धनुषका वकिलले विज्ञप्ति जारी गर्दै नयनतारालाई कानुनी कारबाही गर्ने कुरा गरेका थिए । २४ घण्टाको अल्टिमेटम दिँदै उनले उक्त फुटेज वृत्तचित्रबाट नहटाए १० करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने बताएका थिए ।

यसबाहेक धनुषको कम्पनीले लस गाटोस प्रोडक्सन सर्भिसेज इन्डिया एलएलपीविरुद्ध मुद्दा दायर गर्न अनुमति मागेको थियो, जसलाई अदालतले स्वीकृत गरेको थियो । मद्रास उच्च अदालतले दुवै पक्षको प्रारम्भिक बहस सुनेर नयनतारालाई अर्को सुनुवाइमा जवाफ दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम