२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल?

१३ मंसिर २०८१, बिहीबार १५:३३

एजेन्सी | भारतको उत्तर प्रदेशस्थित बरेलीमा आइतबार बिहान भएको एक कार दुर्घटनामा तीन जनाको मृत्यु भएपछि सार्वजनिक निर्माण विभागका चार कर्मचारी र गुगल म्यापका क्षेत्रीय प्रबन्धकविरुद्ध मुद्दा दर्ता गरिएको छ।

दुर्घटना रामगंगा नदीमा निर्माणाधीन अधुरो पुलमा भएको थियो। गाडीमा सवार अजित, अमित, र नितिन नामक तीन युवा बदायुँबाट बरेलीको फरीदपुरमा विवाह कार्यक्रममा जाँदै थिए। उनीहरू गुगल म्यापको नेभिगेसन प्रयोग गर्दै गन्तव्यतर्फ अघि बढिरहेका थिए। नेभिगेसनले बाटो अधुरो रहेको जानकारी नदिएकाले उनीहरूले गाडी पुलमाथि चलाए। पुल निर्माण अधुरो रहेकोले गाडी बीचमै रोकियो र नदीमा खसेर तीनै जनाको घटनास्थलमै मृत्यु भयो।

घटनापछि सार्वजनिक निर्माण विभागका चार अधिकारीविरुद्ध मुद्दा दर्ता गरिएको छ। आरोपअनुसार पुलको दुबै छेउमा चेतावनी बोर्ड वा बलियो तगारो राख्ने काम नगर्दा दुर्घटना भएको हो। उजुरीमा विभागका कर्मचारीहरूले जानाजानी लापरवाही गरेको आरोप लगाइएको छ।

उजुरीमा गुगल म्यापको कमजोरीलाई पनि औंल्याइएको छ। नेभिगेसन एपले बाटो अधुरो रहेको नदेखाएकाले प्रयोगकर्ताहरू झुक्किएको भनिएको छ। मृतकका आफन्तले गुगल म्यापका कारण दुर्घटना भएको दाबी गर्दै यसका क्षेत्रीय प्रबन्धकविरुद्ध पनि मुद्दा दर्ता गर्न माग गरेका छन्।

के भन्छ गुगल?

बीबीसीले इमेलमार्फत् सोधेको प्रश्नको जवाफमा गुगलका प्रवक्ताले मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै घटनाको अनुसन्धानमा सम्बन्धित अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताएका छन् ।

भारतमा करिब ४६ करोड मानिसले नियमित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्छन्। तीमध्ये २६% मानिसले गन्तव्यमा पुग्न नेभिगेसन एपको प्रयोग गर्ने गर्छन्। गुगल म्याप सबैभन्दा धेरै प्रयोग हुने एप हो। तर, यसले सार्वजनिक रूपमा उपलब्ध जानकारी प्रयोग गर्ने हुँदा कतिपय डेटा भ्रमपूर्ण, पुरानो वा अपुरो हुनसक्ने विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो