१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा

१४ मंसिर २०८१, शुक्रबार १२:५४

काठमाडौँ | बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको घरमा
पोर्नोग्राफी मामिलामा प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार छापा मारेको छ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार, छापा राज कुन्द्राको घरसँगै अफिसमा पनि गरिएको थियो। घर र अफिस बाहेक अन्य १५ स्थानमा समेत छापा मारिएको थियो। ईडीले अनुसन्धानका क्रममा पोर्नोग्राफी सामग्रीको मोबाइल एप्लिकेसन र अन्य माध्यमबाट सर्कुलेशन हुने पत्ता लगाएको छ।

यसअघि, ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत राज कुन्द्राको ९७.७९ करोड भारूको चल-अचल सम्पत्ति जफत गरेको थियो। जफत गरिएका सम्पत्तिहरूमध्ये शिल्पा र राजको एक घर पनि सामेल छ।

सन् २०२१ को जुलाईमा राज कुन्द्रा अश्लील फिल्म निर्माणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। उक्त मामिलामा उनी पछि जमानतमा रिहा भएका थिए।

शिल्पा शेट्टी र राज कुन्द्राको सन् २००९ मा विवाह भएको थियो। उनीहरूका एक छोरा र एक छोरी छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौंबाट रामेछाप जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक आँधीबेहरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे झापाका हरिचन्द्रले दिएका थिए विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा यू-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले २४ ओभरमा ३ विकेट गुमाएर जोड्यो १०२ रन फिफा वरियतामा नेपालको एक स्थान सुधार बस दुर्घटनामा २१ जना घाइते, तीनजना गम्भीर यू १९–एसिया कप: नेपाललाई पहिलो सफलता, हेमन्तले लिए विकेट आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? जापानमा ‘नेपाल फेस्टिवल’ को तयारी अन्तिम चरणमा ’एनपिएल’ को हरेक चौकामा एनसेलले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने आजको विदेशी मुद्राको विनिमय दर: डलर र युरोको भाउ बढ्यो विधायन व्यवस्थापन समितिको बैठक बस्दै पाकिस्तानी अलराउन्डर तनवीरे चितवन राइनोजमा अनुबन्ध प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै