असार २० काठमाडौँ । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २० काठमाडौँ । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठा"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले पठायो गल्फ राष्ट्रलाई १३ बुँदे शर्तको जवाफ

२० असार २०७४, मंगलवार ०९:०९


असार २० काठमाडौँ । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ ।

कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे शर्त राखेका छन् ।

साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त राखेर ती पूरा गर्न चेतावनी दिइएकोमा कतारले पूरा नगरेपछि हिजोदेखि लागू हुनेगरी थप ४८ घन्टाको समय कतारलाई दिएको थियो ।

कतारले ती शर्तका सम्बन्धमा मङ्गलबार आफ्नो जवाफ कुवेतसमक्ष पठाएको अन्तराष्ट्रिय संचारमध्यमले जनाइएका छन् । कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल्लाह रहिमले आज सो जवाफ लेखिएको हस्तलिखित पत्र कुवेतका विदेशमन्त्री शेख सबाह अल अहमद अल जाबेरलाई हस्तान्तरण गरेको छ ।

कतारमाथि उनीहरुले नाकाबन्दी लगाएको करिब महिना दिनपछि यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् ।  कुवेतले सो कतार सङ्कटको समाधानका लागि मध्यस्थता गरिरहेको छ । त्यसैले कतारका राजाले कुवेतका राजालाई सो पत्र पठाएका र त्यसमा आफ्नो सरकारलाई लगाइएको नाकाबन्दी र त्यसको समाधानका लागि राखिएका पछिल्लो शर्तहरुको जवाफ पठाइएको छ ।

त्यसमा कतारले के जवाफ लेखेको छ भन्ने बारेमा भने अहिले नै केही बताइएको छैन । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध तोडेका साउदी अरेबियासहितका देशले पछिल्लो समयमा कतारसँगको सम्बन्धको पुनस्र्थापनाका लागि भन्दै विभिन्न शर्त राखेका छन् ।

 यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक बुधबारका लागि आह्वान गरेको छ । इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग यस बारेमा छलफल गर्ने जनाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला